
पाकिस्तान । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । पञ्जाब प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अलीका अनुसार, हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई करोडभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् ।
बाढीको जोखिमका कारण करिब पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबका प्रमुख नदीहरूको आसपासका ग्रामीण क्षेत्रहरूमा डुबान बढिरहेकाले उद्धार र राहत कार्य अझै तीव्र गतिमा जारी रहेको छ । उद्धारका लागि आठ सयभन्दा बढी डुङ्गा र एक हजार तीन सयभन्दा बढी उद्धारकर्मी खटाइएको जनाइएको छ ।
प्रान्तका तीन ठूला नदीहरूमा अहिले पानीको सतह खतरा सीमाभन्दा माथि पुगेको छ । प्रभावितहरूका लागि विभिन्न स्थानमा अस्थायी राहत शिविर स्थापना गरिएको छ, जहाँ खाद्यान्न, आवास र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, जुन २५ गतेदेखि लगातार भइरहेको वर्षा र बाढीका कारण देशभर हालसम्म ८५४ जनाको मृत्यु भइसकेको छ भने एक हजार १३० जना घाइते भएका छन् ।
परराष्ट्रमन्त्री शर्माको निर्देशन – ‘एनआरएनएको १२ औँ महाधिवेशन विधानअनुसार गर्नुस्’
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन