
काठमाडौं । चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति १२ बजेतिर ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै गायक फूलकुमार बम्जनले जानकारी गराउनुभयो ।
इन्दिरा केही वर्षदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । इन्दिरा ललितपुरको कोन्ज्योसोम गाउँपालिका-५ भारदेउमा २०२३ कात्तिक ३ गते जन्मिनुभएको थियो । उहाँले राष्ट्रिय गीत, लोकगीत, आधुनिक गीत, तामाङ सेलो मात्र नभएर सुदूर पश्चिमको देउडा, मध्य पश्चिमेली दोहोरी, पूर्वेली, काठे दोहोरी गरी ५ हजारभन्दा बढी गीत गाउनुभयो ।
२०४५ सालमा रेडियो नेपालबाट गीत रेकर्ड गर्ने अवसर पाएपछि उहाँ केही समय अघिसम्म गीत संगीत क्षेत्रमा व्यस्त हुनुहुन्थ्यो । उहाँको आजै बौद्ध परम्पराअनुसार अन्त्येष्टी गर्ने तयारी छ । उहाँका दुई छोरी हुनुहुन्छ ।
गजल गायन समेत गर्नुभएकी इन्दिराले ‘मयुङ बुरिङ’, ‘चाङ छार’, ‘सेमला दुङाल’लगायत तामाङ भाषाको चलचित्रमा समेत स्वर दिनुभयो । उहाँले रेडियो नेपालमा ‘हातमा हँसिया कम्बरमा खुर्पेटो’ (२०४५) गीत गाउनुभयो । इन्दिराका ‘चाँगु नारायण’, ‘पेमास्या’ (२०५८), ‘तामाङ व्हाइ’, ‘हाम्रो डम्फु सेलो’, ‘होइसेर’, ‘सफा टेम्पुरि’, ‘नाच्यो माइच्याई’ तिमी डम्फुको तालैमा’ लगायतका दनौं गीत चर्चामा छ ।
उहाँले ‘सुलभ तामाङ सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार २०११’ लगायतका कैयौं मानसम्मान र पुरस्कार प्राप्त गर्नुभयो । उहाँले नेपाल तामाङ कलाकार सङ्घका अध्यक्ष (२०७२–२०७६) रहेर सङ्घको उत्थान र विस्तारमा पनि भूमिका निर्वाह गर्नुभयो ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे