
लन्डन । पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता ओनसरी घर्ती मगर, पूर्वमन्त्री राम कार्की र नेता वसन्त राई बेलायत आइपुग्नुभएको छ ।
यही सेप्टेम्बर ७ तारिखमा हुने नेकपा (माओवादी केन्द्र) सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको बेलायत शाखाको संयुक्त सम्मेलनमा सहभागी हुन उहाँहरु मंगलबार २ सेप्टेम्बर २०२५ राति ११ बजे लन्डनको हिथ्रो एयरपोर्टमा ओर्लिनु भएको हो ।
अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा बिहान ११ बजेदेखि हुने सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सचिव, पूर्वमन्त्री तथा अन्तरमहादेशीय प्रवास, प्रदेश संगठन समितिका ईन्चार्ज कार्की प्रमुख अतिथि, पार्टी स्थायी समितिका सदस्य तथा पूर्वसभामूख तथा आदिवासी जनजाती संयुक्त मोर्चा नेपालको ईन्चार्ज घर्ती मगर विशिष्ट अतिथि र किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपालको महासचिव तथा पार्टी अन्तर्राष्ट्रिय विभागका सदस्य राई विशेष अतिथिको रुपमा रहनुहुने नेपाली जनप्रगतिशील मञ्च बेलायतका सचिव कपिल राईले जानकारी दिनुभयो ।
उहाँहरुको स्वागतका लागि बेलायतमा रहेका माओवादी केन्द्रीय सदस्य कृष्णकुमार राई र नेपाली जनप्रगतिशील मञ्च बेलायतका सचिव कपिल राई, मगर संघ बेलायतका प्रतिनिधिहरु हिथ्रो विमानस्थलमा पुग्नुभएको थियो । आयोजक समितिका अनुसार बेतायत आएका नेताहरुको पार्टी र जातीय मोक्ति मोर्चाहरुको कार्यक्रमलगायत विभिन्न क्षेत्रसँग जोडिएका व्यक्तिहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत रहने छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श