
लन्डन । इजरायली सरकारका प्रतिनिधिहरूलाई अर्को महिना लन्डनमा हुने प्रमुख हतियार प्रदर्शनीमा भाग लिन आमन्त्रण नगरिने भएको छ ।
गाजा युद्धका कारण बेलायत र इजरायलबीच कूटनीतिक सम्बन्ध बिग्रँदै जाँदा बेलायत सरकारका प्रवक्ताले शुक्रबार यसबारे जानकारी दिएका हुन् । “सेप्टेम्बरमा डिएसइआई युके २०२५ मा भाग लिन कुनै पनि इजरायली सरकारी प्रतिनिधिमण्डललाई आमन्त्रित गरिनेछैन भन्ने कुरा हामी पुष्टि गर्न सक्छौँ”, रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि इजरायली रक्षा कम्पनीहरूलाई भने द्विवार्षिक कार्यक्रममा भाग लिन अनुमति दिइनेछ । तर इजरायलले यस कदमलाई ‘भेदभाव’ भन्दै आलोचना गरेको छ ।
प्रधानमन्त्री किर स्टार्मर नेतृत्वको सरकारले हालै गाजामा प्रयोगका लागि इजरायललाई हतियार निर्यात इजाजतपत्र निलम्बन गरेको छ, इजरायलसँगको स्वतन्त्र व्यापार वार्ता रोकिएको छ र युद्धको आचरणप्रति विरोध जनाउँदै दुई अति दक्षिणपन्थी इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगाएको छ ।
“गाजामा आफ्नो सैन्य कारबाहीलाई अझ विस्तार गर्ने इजरायली सरकारको निर्णय गलत छ”, बेलायत सरकारको विज्ञप्तिमा भनिएको छ, “तत्काल युद्धविराम, बन्धकहरूको फिर्ती र गाजाका जनतालाई मानवीय सहयोगमा वृद्धि गरेर युद्ध अन्त्य गर्न अब कूटनीतिक समाधान आवश्यक छ ।”
यसैबीच, इजरायलको रक्षा मन्त्रालयले बेलायतको कदमप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ ।
“यी प्रतिबन्धहरू इजरायलका प्रतिनिधिहरूमाथि जानाजानी गरिएको खेदजनक भेदभाव हुन्”, रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “त्यसकारण, इजरायली रक्षा मन्त्रालयले प्रदर्शनीमा भाग लिनेछैन र नेसनल पभेलियन स्थापना नगर्ने निर्णय गरेको छ ।”
गत महिना प्रधानमन्त्री स्टार्मरले सेप्टेम्बरसम्म इजरायलले ठोस कदम नचाले बेलायतले प्यालेस्टिनी राज्यलाई मान्यता दिने चेतावनी दिनुभएको थियो । उक्त निर्णय सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको गाजा युद्धलाई अन्त्य गर्न युद्धविरामसहितका प्रयाससँग जोडिएको छ ।
यसअघि फ्रान्सले जुन महिनामा पेरिस एयर शोमा ‘आक्रामक हतियार’ प्रदर्शन गर्ने धेरै इजरायली हतियार कम्पनीहरूको स्ट्यान्डमा पहुँच रोकेको थियो ।
युरोपेली सङ्घ (इयु) का विदेशमन्त्रीहरूले शनिबार कोपेनहेगनमा हुने बैठकमा इजरायल र हमासविरुद्ध सम्भावित नयाँ प्रतिबन्धहरूबारे छलफल गर्ने भएका छन् । स्विडेन र नेदरल्यान्ड्सले यसअघि नै थप कारबाहीका लागि आह्वान गरिसकेका छन् ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श