लण्डन । बेलायतमा एक साताको अन्तरमा एक दम्पत्तिको निधन भएको छ ।
म्याग्दी जिल्लाको दाना पुर्ख्यौली घर भई हाल गिल्फोर्डमा बस्दै आएका तामबहादुर तिलिजा र उनी श्रीमती बेलकुमारी तिलिजाको निधन भएको हो ।
क्वीन्स गोरखा सिग्नलका भूतपूर्व सैनिक कर्पोरल तामबहादुरको गिल्फोर्ड अस्पतालमा मे २८ तारिखका दिन निधन भएको थियो । उनको आर्मी नम्बर २११४७८२९ रहेको छ ।
उनी पत्नी बेलकुमारी तिलिजाको जुन ३ तारिखका दिन सोही अस्पतालनमा निधन भएको बताइएको छ ।
उनीहरुको मृत्युको कारण खुल्न बाँकी रहेको छ ।
फ्रेण्डली ब्रदर्स दाना सेरोफेरो युकेले तिलिजा दम्पत्तिद्वयको निधनप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । उनीहरुले देखाएको अभिभावकत्व र मार्गनिर्देशन सधैँ समाजमा रहिरहने पनि शोक सन्देशमा उल्लेख छ ।
करिब ७५ वर्ष उमेर पुगेका दम्पत्ति गिल्फोर्ड छोरा छोरीको साथमा बसोबास गर्दै आएका थिए ।
उनीहरुको एक छोरा र तीन छोरी युकेमा रहेको बुझिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने