काठमाडौँ । विदेशबाट उद्दार गरी ल्याइएका नेपालीलाई सम्बन्धित प्रदेशमा नपुगुन्जेल काठमाडौँका विभिन्न होल्डिङ सेन्टर बनाइ राखिँदैछ ।
जसमा बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर र प्रदेश–१ र २ का नागरिकलाई भक्तपुर होल्डिङ सेन्टर बनाइएको छ ।
तीनवटै जिल्लाको सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले विदेशबाट स्वदेश फर्कन चाहने नागरिकलाई नेपालमा आएपछि सम्बन्धित प्रदेशमा नपुगुन्जेल उपत्यकामा नै केही दिन राख्न होल्डिङ सेन्टर निर्माण गरेको हो ।
सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) बाट विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेशमा आउन सहजीकरण गर्ने सम्बन्धी आदेश जारी गरी आवश्यक तयारी गरिरहेको छ ।
बाग्मती प्रदेशका नागरिकलाई राख्न पार्टी प्यालेस बसुन्धरा, गण्डकी प्रदेशका लागि स्काई जोन पार्टी प्यालेस धुम्बाराही र प्रदेश–५ का लागि दरबार ब्याङ्केट चप्पल कारखानामा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।
त्यस्तै, भारतबाट र उपत्यका बाहिरबाट आएका नागरिकलाई मात्र राख्न राधा स्वामी सत्सङ केन्द्र कीर्तिपुर र राधा स्वामी सत्सङ व्यास नेपाल सामाखुसीमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।
प्रदेश–१ का नागरिकका लागि सल्लाघारीको इम्पेरियल पार्टी प्यालेस र प्रदेश–२ का नागरिकका लागि राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा राख्ने गरी तयारी गरिएको छ ।
यस्तै कर्णाली प्रदेशका नागरिकका लागि ग्वार्काे मण्डला पार्टी भेन्यु र सुदूरपश्चिम प्रदेशका नागरिक राख्न सिद्धार्थ कटेज धोबीघाटमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।
यसैगरी, सम्बन्धित व्यक्ति स्वयंले नै भुक्तानी गर्नेगरी क्वारेन्टाइनका रूपमा प्रयोग गर्न होटलको सूची पनि तयार गरिएको छ । ती होटलको सूची चाँडै नै सार्वजनिक गरिने बताइएको छ ।
होल्डिङ सेन्टरहरुमा काउन्टर राखी निःशुल्क सिमकार्ड र वाइफाईको व्यवस्था गरिनेछ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता