लण्डन । बेलायतबाट नेपाल फर्कन चाहने नेपाली नागरिकहरुलाई आफ्नो विवरण उपलब्ध गराउन बेलायतस्थित नेपाली दुताबासले आह्वान गरेको छ ।
दुताबासले आज एक सूचना प्रकाशित गरी नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबमोजिम नेपाल जान चाहनेहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइन लागेको बताइएको छ ।
दुताबासले नेपाल फर्कन चाहनेहरुले आफ्नो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको टेलिफोन सम्पर्क, आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिन कुनमा बस्ने हो खुलाउने,नेपाल फर्कनु पर्ने कारण, हाल आफू रहेको ठेगाना, सम्पर्क नम्बर र इमेल आदि उपलब्ध गराउन अनुरोध गरेको छ ।
त्यस्तो विवरण दुताबासको फेसबुक पेज, ट्वीटर, इमेलमार्फत पठाउन सकिने बताइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते