काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणमा मानविय सेवामा लागेका मध्ये बेलायतवासी दुई सामाजिक अभियन्ताले सम्मान पाएका छन । बेलायतमा आफ्नो नियमित काम गरेर पनि कोरोना महामारीबाट नेपाली समुदायलाई जोगाउन समाजसेवामा उल्लेखनिय भूमिका निर्वाह गरेकोले समाजसेवीहरु बरिष्ठ नर्स राजेन्द्र पुडासैनी र व्यवसायी शेर सुनारलाई भर्चुअल सम्मान गरिएको हो ।
प्यरामाउन्ट मिडिया प्रालिद्वारा सञ्चालीत ट्वान्टी फोः न्यूज प्रेस डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्तको प्रमूख बेलायतलगायतका समाजसेवीहरुलाई भर्चुअल सम्मान गरेका थिए ।उक्त कार्यक्रममा कोरोना भाइरस प्रभावितलाई सघाउन विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्ने मध्येका एक दर्जन व्यक्तिहरुलाई सर्वोत्कृष्ट काम गरे वापत २४ न्यूज प्रेस डटकमको तर्फवाट अवार्ड समेत दिइएको थियो । प्रवासमा रहेका नेपालीको अवस्था, विभिन्न संघसंस्थाले खेलेको भूमिका, विशेष गरि एनआरएनएले गरिरहेको गतिविधी तथा आगामी कार्ययोजना लगायत विषयवस्तुमा केन्द्रित रहेर भिडियो कन्फेरेन्स गरिएको थियो ।
विदेशमा कोभिड -१९ बाट प्रभावित नेपालीहरुको अवस्था र एनआरएनएले खेलेको भूमीका, नेपाली श्रमिकलाई पारेको प्रभाव र रोजगारी, स्वदेश फिर्ताको सवाल र नेपाल सरकारले चाल्नुपर्ने कदमहरुको बारेमा छलफल समेत गरिएको थियो । कार्यक्रमको प्रमूख अतिथि एनआरएनए अध्यक्ष कुमार पन्तले विश्व नोबेल कोरोना भाईरस (कोभिड-१९) बाट थला परिरहेको बेला विदेशमा रहेका समस्यामा परेका हरेक नेपालीहरुको समस्यालाई समाधान गर्न राहतदेखि उद्धारसम्मका कार्यक्रम भइरहेको जानकारी दिए । उनले कोरोनासँग लड्न सम्पूर्ण तह र तप्काबाट लाग्नु पर्नेमा जोड दिएका थिए । अलपत्र नेपालीको उद्धारका लागि नेपाल सरकार संग एनआरएनएले समन्वय गरि पहल गरिरहेको जानकारी पन्तले दिए ।
विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य , एनआरएनए उपाध्यक्ष मन केसी ,एनअरएनए अमेरिका पूर्वअध्यक्ष डा. केशव पौडल, एनआरएन आईसीसी मानर्थ सदस्य अभिमन्यु बस्नेत, एनआरएनए क्यानडा अध्यक्ष चिरञ्जीवी घिमिरे, एनआएनए आईसिसी सदस्य चिन्ता मणि सापकोटा, एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरे, संयोजक मध्यपूर्व प्रविण गुरुङ कतार ,एनआरएनएका अभियन्ताहरु
मनोज गोर्खाली, सुरज डुम्रे, पारसमणी पोखरेल, खगेन्द्र न्यौपाने , यदु लामिछानेलगायत सहभागी थिए । उक्त कार्यक्रममा सबै अतिथिहरुले विश्वलाई चुनौति दिईरहेको (कोभिड-१९) ले निम्त्यायका हरेक चुनौतीलाई समना गर्न हरेक क्षेत्रबाट लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रमको सञ्चालन द्वय मोहराज शर्मा एपिवान टेलिभिजन वरिष्ट कार्यक्रम सञ्चालक साथै ट्वान्टि फोः न्यूज प्रेसका सञ्चालक विनय अधिकारीले गरे । प्रविधिमा सहजीकरण एसआई यूकेका मार्केटिङ म्यनेजर विराज सिग्देलले गरेका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते