लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्र्यि समन्वय समितिले गत मार्च महिनामा विधान विपरीत एक बिषयगत समिति गठन गरेको छ । ‘एनआरएनए आईसीसी ग्लोवल नेपाली डायस्पोरा मेनस्ट्रिम इन्ट्रिगेसन समिति २०१९ -२०२१’ गठनमा दुई क्षेत्रलाई वेवस्ता गर्दै विधान विपरीत समिति गठन भएको हो ।
अमेरिका निवासी खगेन्द्र जिसी अध्यक्ष रहेको ‘ग्लोवल नेपाली डायस्पोरा ‘मेनस्ट्रिम इन्ट्रिगेसन समिति’मा अधिकाश व्यक्तिहरु अमेरिकाबाटै छानिएका छन । जसमा सह-अध्यक्ष सहित ११ जना अमेरिकाबाट र एक जना क्यानाडाबाट गरि अमेरिकाज क्षेत्रबाट १२ जना समितिमा राखिएको छ । यूरोपमा सह-अध्यक्षसहित ५ जना, एसिया प्यासिफिकबाट २ जना, ओसियानाबाट २ जना गरी २१ सदस्यीय कमिटि बनाइएको हो । उक्त समितिमा अफ्रिका क्षेत्र र मध्यपूर्व क्षेत्रलाई पूर्ण वेवास्ता गरिएको छ । सो समितिमा चयन गरिएका ५ सदस्यीय सल्लाहकारमा समेत अमेरिकाजबाट ३ जना, यूरोपबाट एक जना र ओसियानाबाट एक जना राखिएको छ । सल्लाहकारमा पनि अफ्रिका र मध्यपूर्वलाई स्थान दिइएको छैन ।
दुई क्षेत्रलाई किन समितिमा राखिएन भन्ने बारेमा प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा पनि महासचिव हेमराज शर्मा सम्पर्कमा आउने चाहेनन् ।पछिल्लो पटक महासचिव शर्मा एनआरएनएका बिषयमा कुराकानी गर्न सचिव गौरी जोशी र कोषाध्यक्ष महेश श्रेष्ठसँग एक जुम अन्तरवार्तामा उपस्थित भएका थिए । गैरआवासीय नेपाली संघ २०१७ संसोधनसहितले आवश्यकता अनुसार समिति, उपसमिति तथा कार्यदलको व्यवस्था गरिएको छ । एनआरएनए नियमावली को ३.४ मा आईसीसी ६९ औं बैठक निर्णयअनुसार सभापति तथा संयोजकहरुले सदस्यहरु चयन गर्दा आ-आफ्ना क्षेत्रका क्षेत्रिय संयोजक तथा क्षेत्रिय उपसंयोजकहरु संग पनि अनिवार्य रुपमा परामर्श लिनु पर्ने व्यवस्था छ ।
पटक- पटक विधान समितिको जिम्मेवारी लिइसकेको अहिलेका महासचिव शर्माले विधानलाई वेवास्ता गर्दै समिति प्रस्ताव गरेका थिए । एनआरएनएले नयाँ नेतृत्व पाएको करीव ६ महिनापछि गठन भएको समितिलेले मध्यपूर्व र अफ्रिकालाई वेवास्ता गर्नुलाई अन्य क्षेत्रका तुलनामा कमजोर क्षेत्रलाई हेप्ने काम भएको ठानिएको बताइन्छ । एनआरएनएमा अमेरिकाज, युरोप, ओसियाना, एसिया प्यासाफिक, मध्यपूर्व र अफ्रिका गरी ६ क्षेत्र छन ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा