लण्डन । बेलायत सरकारले हङकङमा रहेका ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) परिचयपत्रबाहकहरुलाई बेलायतको नागरिक बन्ने बाटो खोलेको छ ।
विदेशमन्त्री डोमिनिक राबले यदि चीन सरकारले सुरक्षासम्बन्धी कानुन फिर्ता नलिएमा बेलायत सरकारले बीएनओ परिचयपत्र बाहकहरुलाई बेलायतको नागरिकता दिने प्रक्रिया शुरु गर्ने बताएका छन् ।
युरोपियन युनियनबाट बेलायत बाहिरिएपछि बेलायतमा हुनसक्ने मानव स्रोतको अभाव पूर्ति गर्न पनि बेलायतले सो कदम लिएको हुनसक्ने आँकलन गरिएको छ । उता चीन सरकारले हङकङमा लागू हुने गरी राष्ट्रिय सुरक्षा कानुन पारित गरेपछि बेलायतको यो प्रतिक्रिया आएको हो ।
फाइनान्सियल टाइम्सका अनुसार हङकङमा बीएनओ परिचयपत्र बाहकहरु करिब ३ लाख १५ हजारको संख्यामा छन् । हङकङ चीन सरकारलाई हस्तान्तरण हुनुअघि हङकङमा जन्मेकाहरुलाई दिइएको कागजलाई बीएनओ परिचयपत्रबाहक भनिन्छ । सन् १९८४ भन्दा अघि हङकङमा जन्मेका व्यक्तिहरुले बीएनओ परिचयपत्र पाउँछन् ।
विदेशमन्त्री रावले बेलायती नागरिकता आवेदनको प्रक्रियाका लागि १२ महिनाको समय दिइने बताए । रावले यदि चीनले राष्ट्रिय सुरक्षासम्बन्धी कानुन जारी राख्छ भने बीएनओ परिचयपत्रबाहकहरुलाई बेलायतमा काम गर्न, अध्ययन गर्न बेलायत आउने मौका दिइने र त्यसबाट भविष्यमा बेलायती नागरिकता प्राप्तीको बाटो खोल्नेछ ।
यसअघि बेलायतले सन् १९७२ मा युगाण्डामा रहेका ब्रिटिश राहदानीबाहक २८ हजार एसिएनमूलका मानिसहरुलाई बेलायत ल्याएको थियो ।
यसबाट हङकङमा रहेका हजाराैँ नेपालीहरु पनि लाभान्वीत हुने छन् । करिब पाँचहजार नेपालीसित बीएनओ राहदानी रहेको अनुमान गरिएको छ । जसमध्ये कतिपय पहिल्यै बेलायत आइसकेका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक