लण्डन । बेलायत सरकारले हङकङमा रहेका ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) परिचयपत्रबाहकहरुलाई बेलायतको नागरिक बन्ने बाटो खोलेको छ ।
विदेशमन्त्री डोमिनिक राबले यदि चीन सरकारले सुरक्षासम्बन्धी कानुन फिर्ता नलिएमा बेलायत सरकारले बीएनओ परिचयपत्र बाहकहरुलाई बेलायतको नागरिकता दिने प्रक्रिया शुरु गर्ने बताएका छन् ।
युरोपियन युनियनबाट बेलायत बाहिरिएपछि बेलायतमा हुनसक्ने मानव स्रोतको अभाव पूर्ति गर्न पनि बेलायतले सो कदम लिएको हुनसक्ने आँकलन गरिएको छ । उता चीन सरकारले हङकङमा लागू हुने गरी राष्ट्रिय सुरक्षा कानुन पारित गरेपछि बेलायतको यो प्रतिक्रिया आएको हो ।
फाइनान्सियल टाइम्सका अनुसार हङकङमा बीएनओ परिचयपत्र बाहकहरु करिब ३ लाख १५ हजारको संख्यामा छन् । हङकङ चीन सरकारलाई हस्तान्तरण हुनुअघि हङकङमा जन्मेकाहरुलाई दिइएको कागजलाई बीएनओ परिचयपत्रबाहक भनिन्छ । सन् १९८४ भन्दा अघि हङकङमा जन्मेका व्यक्तिहरुले बीएनओ परिचयपत्र पाउँछन् ।
विदेशमन्त्री रावले बेलायती नागरिकता आवेदनको प्रक्रियाका लागि १२ महिनाको समय दिइने बताए । रावले यदि चीनले राष्ट्रिय सुरक्षासम्बन्धी कानुन जारी राख्छ भने बीएनओ परिचयपत्रबाहकहरुलाई बेलायतमा काम गर्न, अध्ययन गर्न बेलायत आउने मौका दिइने र त्यसबाट भविष्यमा बेलायती नागरिकता प्राप्तीको बाटो खोल्नेछ ।
यसअघि बेलायतले सन् १९७२ मा युगाण्डामा रहेका ब्रिटिश राहदानीबाहक २८ हजार एसिएनमूलका मानिसहरुलाई बेलायत ल्याएको थियो ।
यसबाट हङकङमा रहेका हजाराैँ नेपालीहरु पनि लाभान्वीत हुने छन् । करिब पाँचहजार नेपालीसित बीएनओ राहदानी रहेको अनुमान गरिएको छ । जसमध्ये कतिपय पहिल्यै बेलायत आइसकेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते