लण्डन । विगत तीन सातादेखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदुत रिचर्ड मोरिसको खोजीका लागि नयाँ तस्वीर प्रहरीले सार्वजनिक गरेको छ ।
बीबीसीका अनुसार बेलायतको गुप्तचर प्रहीले नयाँ तस्वीर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ तस्वीर नेपालमा खिचिएको छ ।
बेलायतका तर्फबाट फिजीको हाइकमिश्नर भएर यही जुलाईबाट कार्यभार सम्हाल्ने तयारीमा रहेका मोरिस यही मे ६ तारिखदेखि बेलायतमा आफ्नो घर नजिकबाटै हराइरहेका छन् । उनी दौड्न निस्किएको बताइएको छ ।
प्रहरीले स्थानीय एलिस हल्ट जंगलमा जाने मानिसहरुलाई सचेत रहन भनेको छ । उनको खोजी सोही क्षेत्रमा गरिएको थियो । ५० जनाको टोलीमा खोजविन टोलीका विज्ञहरु, प्रहरीको कुकुर, घोडा तथा ड्रोनको समेत प्रयोग गरिएको थियो ।
पूर्वी ह्यामसायर प्रहरीका इन्सपेक्टर आलेक्स रेडिङले इलिस होल्ट जंगल र नजिकैको इसिंगटन रोडमा नियमित रुपमा जाने मानिसहरुलाई सतर्क रहन अनुरोध गरेका छन् ।
५२ वर्षीय तीन सन्तानका पिता मोरिसले दौड्न निस्कँदा नीलो कमिज, कालो हाफपाइन्ट र नीलो जुत्ता लगाएको बताइएको छ । श्वेत वर्ण उनको अनुहारमा जन्मजात रातो दाग रहेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश