फालमाउथ (कर्नवल) । बेलायतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि गत मार्चको अन्तिम साता बेलायत लकडाउन गर्ने प्रधानमन्त्री बोरिस जोनसनले घोषणा गरे । कोरोना भाइरस (कोभिड १९)को महामारीबाट प्रभावित हुने डर र त्रासमा यहाँस्थित मानिसहरु आत्तिए । सबैतिर लकडाउन भएर मानिसहरु आत्तिएका बेला एक जना नेपालीले अंग्रेजलाई दुःखमा साथ दिने निर्णय गरे । आफ्नी जीवन संगिनी सीता सेढाईसँग परिवारिक सल्लाह गरे । जीवनसाथी सीताको साथ र सहयोगले आफ्नो रेस्टुरेन्ट बाल्टी करीको व्यवसायलाई केही समय खोली स्वास्थ्य क्षेत्रमार्फत मानव सेवामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीहरुलाई निःशुल्क खाना बाँड्न थाले । जसमा स्वास्थ्यकर्मीहरुसहित होमलेस र आर्थिक रुपमा कमजोर व्यक्तिहरु थपिए ।
अहिले उनी हरेक आइतबार सित्तैमा खाना बाँड्छन् ।
हरेक शनिबार बिहान १० बजेसम्म रेस्टुरेन्टको आधिकारिक फेसवुक पेजमा जति जनाले टेक वे लिन आउने निश्चित गर्छन् । ती सबैलाई भोलिपल्ट अर्थात आइतबार साढे १२ देखि तीन बजेसम्म एक व्यक्ति एक टेक वे का दरले निशुल्क खाना दिन्छन् । जसमा भेज वा ननभेज खाना दुवै समावेस छन् । त्यसका लागि हेमकान्त आफैँ किचनमा आएर खाना बनाउँछन । त्यो खानालाई फालमाउथकै स्थानीय कर्मचारीले प्याकिङ गरेर बाँड्छन् । उनले वीनेपालीसँग भने, ”फ्रि टेक वेका लागि अहिलेसम्म एकैदिनमा ६८ जनासम्म आएका छन्।” यसबाहेक फालमाउथ क्षेत्रमा खटिएका प्रहरी र फायर ब्रिगेडका कर्मचारीहरुले पनि उनको रेस्टुरेन्टबाट सित्तैमा खाना लान पाउँछन् ।
उनलाई निशुल्क खाना बाँड्ने सोच कसरी आयो त ? केही साताअघि कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट भाइहरु अनिल र होमराज सेढाई तथा बुहारी मीरा सेढाई संक्रमित भएर अस्पताल भर्ना भएपछि उनको मन आत्तियो । ”कोरोना उपचारमा बेलायतका स्थानीय मानिस बाहेक जातीय अल्पसंख्यकमध्ये खासगरी एसियनलाई अस्पतालमा वास्तै गर्दैनन् रे” भन्ने हल्ला सुनेका उनलाघ लाग्यो, ”कतै उपचार नपाएरै दुई भाइ र बुहारीको निधन त हुने होइन ?” उनले भने, ”घरको जेठो छोरो भाइहरु र बुहारीको जिम्मेवारी लिएको म । यिनीहरुलाई के भयो भने ?” यतिबेलै उनको मनमा सोच पलायो समाजमा एउटा एसियन मूलको मानिसले यहाँका स्थानीय मानिसहरुको मन कसरी जित्न सकिन्छ भन्ने । अनि उनले सोचे आफूसित जे छ त्यहीबाट शुरु गर्ने । आफूहरुको जस्तै सोच अरुको पनि भैदिए समाजबाट जातीय भेदभाव हटाउन सकिन्छ भन्ने सन्देश दिन उनी निशुल्क खाना बाँडिरहेका छन् ।
आखिर उनले सोचे जस्तो भैदियो । दुई भाइ र वुहारी निको भएर फर्के । उनी दंग परे । चितवनको सामान्य परिवारबाट बेलायत आएर यहाँका स्थानीयवासीहरुलाई दुःखमा थोरै भए पनि साथ दिए पाएकोमा उनी खुसी छन् । त्यो भन्दा बढी आफ्ना सन्तान कोरोनाबाट जोगिएकोमा पारिवारिक सुख अनुभूति गरिरहेका छन् ।
सेढाइँ लगायत बेलायतमा अरु पनि नेपाली मूलका क्याटरिङ व्यवसायीहरुले यहाँका स्थानीय बासिन्दाहरुलाई निशुल्क भोजन गराइरहेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]