एनआरएनए इंग्ल्याण्ड राज्य परिषदद्वारा सीमा अतिक्रमणको विरोध

लण्डन । एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदले भारतद्वारा गरिएको सीमा अतिक्रमणको विरोध गरेको छ । परिषद्द्वारा बिहीबार जारी विज्ञप्तीमा नेपाली भूमीको अतिक्रमण अन्तर्रास्ट्रिय क़ानूनको उल्लघन भएको भन्दै गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद, इंग्ल्याण्ड भत्सर्ना गरेको हो ।
सचिब गोविन्द खरेलद्वारा जारी बिज्ञप्तीमा भारतद्वारा पटक पटक नेपाल र भारत बिचमा रहेको नेपाली भूमिमा पर्ने सिमानाको अंश मिच्ने कार्य भैरहेको समयमा कालापानी लिपुलेक क्षेत्रमा सिमाना मिचेर कैलाश मानशरोवर मा यात्रा गर्ने सड़कको निर्माण गर्न लागेको खबरले गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद, इंग्ल्याण्डको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
साथै यसै बिबाद सम्बन्धी नेपाली चेलि सुश्री मनिषा कोईरालाद्वारा दिईएको अभिव्यक्ति लाई लिएर भारतीय मिडियाद्वारा प्रशारित तुच्छ शब्दद्वारा गरिएको प्रोपगाँड़ाको पनी बिरोध गरेको छ ।

प्रेस विज्ञप्ति
हाम्रो छिमेकी रास्ट्र भारतद्वारा पटक पटक नेपाल र भारत बिचमा रहेको नेपाली भूमिमा पर्ने सिमानाको अंश मिच्ने कार्य भैरहेको र बर्तमान समयमा कालापानी लिपुलेक क्षेत्रमा सिमाना मिचेर कैलाश मानशरोवर मा यात्रा गर्ने सड़कको निर्माण गर्न लागेको खबरले गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद, इंग्ल्याण्डको गम्भीर ध्यानाकर्षण भएको छ। यसरी पटक पटक नेपाली भूमिको ज़मीन प्रयोग गर्ने तथा अंतरास्ट्रिय क़ानूनको उल्लघन गर्ने भारतको अभिप्रायको गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद, इंग्ल्याण्ड घोर भ्रत्सना गर्दछ ।  साथै यसै बिबाद सम्बन्धी नेपाली चेलि सुश्री मनिषा कोईरालाद्वारा दिईएको अभिव्यक्ति लाई लिएर भारतीय मिडियाद्वारा प्रशारित तुच्छ शब्दद्वारा गरिएको प्रोपगाँड़ाको पनी घोर बिरोध गर्दछ।
यस अघिपनि भारतद्वारा नेपालको क्षेत्र भित्रपर्ने सिमनाको भूमि मिच्ने तथा अन्य अनैतिक तथा अंतरास्ट्रिय कानुन को उल्लघनगर्ने कार्यहरू भईरहेको र यसपटक उठीरहेको बिबादलाई वास्ता नगरी आफ़नो एकलौटे निर्यणद्वारा सडक निर्माण गरिरहेको कुराले भारतको आभिप्राय नेपाल तथा नेपालीहरूको लागी हानिकारक हूने देखिएको छ ।
नेपालले भारत संग संधै एक असल छिमेकि मित्ररास्ट्र को भूमिका निर्बाह गर्दै आएको छ।जब जब भारतलाई सहयोगको खाँचो पर्यो तब तब हाम्रा युवा नेपाली दाजुभाईहरूले भारतको लागी सैनिक सेवा उपलब्ध गराई भारतको लागी अमूल्य रगत तथा पसिनाको बलिदान दिएका छन , भारतको आन्तरिक सुरक्षाको लागी नेपाली भूमिमा भारतीय सैनिकहरू राखने अनुमति नेपाल सरकारद्वारा गरिदै आएको छ।
दुई छिमेकी बिचको सीमा सम्बंधी विवादलाई बार्ता, आपसी समझदारी तथा कूटनैतिक तवरबाट सुलझाऊनु पर्नेमा भारतद्वारा एक तर्फ़ि रुपमा हैकम बादी तथा गुंडागर्दी व्यवहार द्वारा सिमाना मिच्ने कार्य  गैर-कानुनी तथा गैर-छिमेकी रहेको मा कुनै प्रश्न नरहेको र यस्तो प्रवृतिले दुबै देशको हित विपरीत कार्य गर्नेमा कुनै दुईमत छैन।
गैर आवासीय नेपाली संघ अंतरास्ट्रिय समन्वय परिषद तथा यूके द्वारा यस क़दमको बिरुद्ध आफ्नो पक्ष ब्यक्त गर्दै यस नीच कार्यप्रति घोर आपत्ती ब्यक्त गरिसकेको छ । यस परिप्रेक्षमा गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद, इंग्ल्याण्डद्वारा यस नेपाली सिमामा उठेका बिबादहरू, समझदारी तथा कूटनैतिक नियोगद्वारा तुरंत समस्या को समाधान खोजी समस्याको निवारण गरियोस भन्ने माग गर्दछौं ।
अध्यक्ष दीपक श्रेष्ठ
सचिव गोविन्द शर्मा खरेल

प्रतिक्रिया

सम्बन्धित सामाग्री