लण्डन । प्रवासी नेपाली एकता मंच (ओएनयूएफ) यूकेले संयुक्त अधिराज्य बेलायतस्थित भारतीय हाई कमिशनलाई सीमा अतिक्रमणको विरोधमा हुलाक मार्फत ज्ञापन पत्र बुझाउन लागेको छ । ओएनयूएफका अध्यक्ष राजेन्द्र पुडासैनी तथा सचिव सुरेश गौतमसहित नेताहरुले आगामी २२ मे शुक्रबार रेनसलेनस्थित एक पोष्ट अफिस मार्फत भारतीय हाई कमिशनमा ज्ञापन पत्र पोष्ट गर्ने कार्यक्रम तय भएको छ । सो ज्ञापन पत्र बेलायतस्थित भारतीय हाई कमिशन हुदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पुग्नेछ ।
अध्यक्ष पुडासैनी र सचिव गौतमले बेलायत सरकारद्वारा तोकिएको सोसियल डिस्ट्यासिङ कायम राखि ज्ञापन पत्र बुझाउन लागिएकाले उपलव्ध साथीहरुलाई रेनसलेन लण्डनमा दिउँसो ठिक १ बजे उपस्थित हुन अनुरोध समेत गरेका छन । बेलायत अझै लकडाउनमा रहेकाले सीमित साथीहरुको सहभागीतामा ज्ञापन पत्र हुलाक मार्फत बुझाउन लागिएको अध्यक्ष पुडासैनीले बताए ।
गत आइतबार बसेको प्रवासी नेपाली एकता मंच यूकेको बैठकले भारत सरकारले लिम्पियाधुरा, लिपुलेखमा नेपाली भूमी अतिक्रमण गरी चिन हुदै तिव्बतको मानसरोवर बाटो खोलेको थियो । सो अतिक्रमणको विरोधमा नेपाल सरकारले आफ्नो भूभाग भएको जनाउदै नक्सा समेत जारी गरेको छ । नेपाल सरकारको नयाँ नक्सा जारी गर्ने निर्णयको चौतर्फी स्वागत गरिएको थियो भने सीमा अतिक्रमणको विरोधमा विदेशस्थित नेपाली संघसंस्थाहरुले आ-आफ्नो मुलुकमा रहेका भारतीय दुतावासमा मार्फत भारतीय प्रधानमन्त्री मोदीलाई ज्ञापन पत्र बुझाई रहेका छन ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त