लण्डन । प्रवासी नेपाली एकता मंच (ओएनयूएफ) यूकेले संयुक्त अधिराज्य बेलायतस्थित भारतीय हाई कमिशनलाई सीमा अतिक्रमणको विरोधमा हुलाक मार्फत ज्ञापन पत्र बुझाउन लागेको छ । ओएनयूएफका अध्यक्ष राजेन्द्र पुडासैनी तथा सचिव सुरेश गौतमसहित नेताहरुले आगामी २२ मे शुक्रबार रेनसलेनस्थित एक पोष्ट अफिस मार्फत भारतीय हाई कमिशनमा ज्ञापन पत्र पोष्ट गर्ने कार्यक्रम तय भएको छ । सो ज्ञापन पत्र बेलायतस्थित भारतीय हाई कमिशन हुदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पुग्नेछ ।
अध्यक्ष पुडासैनी र सचिव गौतमले बेलायत सरकारद्वारा तोकिएको सोसियल डिस्ट्यासिङ कायम राखि ज्ञापन पत्र बुझाउन लागिएकाले उपलव्ध साथीहरुलाई रेनसलेन लण्डनमा दिउँसो ठिक १ बजे उपस्थित हुन अनुरोध समेत गरेका छन । बेलायत अझै लकडाउनमा रहेकाले सीमित साथीहरुको सहभागीतामा ज्ञापन पत्र हुलाक मार्फत बुझाउन लागिएको अध्यक्ष पुडासैनीले बताए ।
गत आइतबार बसेको प्रवासी नेपाली एकता मंच यूकेको बैठकले भारत सरकारले लिम्पियाधुरा, लिपुलेखमा नेपाली भूमी अतिक्रमण गरी चिन हुदै तिव्बतको मानसरोवर बाटो खोलेको थियो । सो अतिक्रमणको विरोधमा नेपाल सरकारले आफ्नो भूभाग भएको जनाउदै नक्सा समेत जारी गरेको छ । नेपाल सरकारको नयाँ नक्सा जारी गर्ने निर्णयको चौतर्फी स्वागत गरिएको थियो भने सीमा अतिक्रमणको विरोधमा विदेशस्थित नेपाली संघसंस्थाहरुले आ-आफ्नो मुलुकमा रहेका भारतीय दुतावासमा मार्फत भारतीय प्रधानमन्त्री मोदीलाई ज्ञापन पत्र बुझाई रहेका छन ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो