लण्डन । करिब दुई महिना लामो बन्दाबन्दीका कारण घरमै बसिरहेका समाजका ज्येष्ठ सदस्यहरुको अवस्था र समस्या बुझ्न तमु समाज युकेले उनीहरुसित भेटघाट गरेको छ ।
समाजका अध्यक्ष शिवचन्द्र गुरुङका अनुसार तीन सप्ताहन्तमा पश्चिम लण्डन, पूर्वी लण्डन, रेडिङ र ह्याम्पसायरमा रहेका ज्येष्ठ सदस्यहरुको घरमा गई उनीहरुको अवस्था बुझिएको हो ।
”लकडाउनका कारण लामो समयदेखि उहाँहरु घरभित्रै रहनुभएको छ । उहाँहरुमा मनोबल बढाउन, कुनै समस्या छ कि बुझ्न र सरकारले लागू गरेको एकान्तबास र सामाजिक दुरी पालना गर्नमा कुनै समस्या छ कि थाहा पाउन होम भिजिट गएका थियौँ ” गुरुङले वीनेपालीसित भने ।
कुल ५२ घरमा पुग्दा सबैजसो वृद्धवृद्धा एकदम खुशी भएको उनले बताए । ‘आफन्तहरुसित बसोबास गरिरहेकाहरुमा कुनै समस्या पाइएन तर श्रीमान/श्रीमती मात्र बसोबास गरिरहेकाहरुमा किनमेलका लागि बाहिर जानु परेको थाहा पायौँ’ उनले भने । यद्यपि सबैमा कोरोनाबाट कसरी बच्ने भन्ने बारेमा जानकारी रहेको आफूहरुले पाएको उनले बताए ।
समाजले गुरुङको संयोजकत्वमा एक विपद समिति गठन गरी सहयोग संकलन पनि गरिरहेको छ । सोही सहयोगबाट वृद्धवृद्धालाई मास्क, पन्जा, स्यानिटाइजर, वाइप्स, फलफूलसहितको उपहारका साथ समाजको टोली घरघर पुगेको थियो ।
समाजको १२ जना स्वयंसेवकहरुको २/२ जनाको टोली घरघर पुगे पनि घरभित्र नपसी बाहिरै दुई/दुई मिटरको फरकमा बसी हालखबर बुझी फर्किएको गुरुङले बताए ।
”उहाँहरुसित फोनमा सधैँ सम्पर्कमा थियौँ तर धेरै लामो समय घरभित्रै बस्दा उकुसमुकुस भएको हुनसक्छ । बोलेर, सुनेर भन्दा देखेर धेरै कुरा थाहा पाइन्छ । मनोबल पनि बढ्छ भनेर यसो गरेका हौँ ”, उनले भने ।
उनले केही सहयोग आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरिएको पनि बताए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]