लण्डन । बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको एक संस्थाले कोरोना महामारीबाट समस्यामा परेका नेपाली विद्यार्थीहरुको सहयोगमा उदाहरणीय काम गरेको छ ।
मर्जिङ नेप्सक्सले नयाँ शैक्षिक सत्र जनवरी/ फेव्रुअरीमा नेपालबाट बेलायत अध्ययनका लागि आएका विद्यार्थीहरुलाई कोरोनाजन्य संकटबाट जोगाउन नगदसहितको आर्थिक सहयोग गरेको छ । नेप्सक्स विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था हो ।
नेप्सक्सले कोराना संक्रमणबाट प्रभावित भै आर्थिक संकटमा परेका नेपाली विद्यार्थीहरुलाई ८ हजार ८ सय पाउण्ड बराबरको नगद रकम सहयोग वितरण गरेको छ । नेप्सक्सका अध्यक्ष पवन कंडेलका अनुसार बिहीबारसम्म ८ हजार ८ सय पाउण्ड विद्यार्थीहरुको दैनिक जीवन सहज बनाउन खर्च गरिसकिएको छ । त्यसबाहेक १९ जनालाई खानाका लागि सहयोग गरिएको छ भने ७ जनालाई मानसिक समस्या समाधानका लागि काउन्सिलिङ गरिएको छ । यो कार्य निरन्तर जारी रहने अध्यक्ष कँडेलले बताए ।
नेप्सक्सबाट नगद सहयोग लिनेले न्यूनयम ५० र अधिकतम २ सय पाउण्डसम्म पाएका छन् । पहिलो चरणमा ८३ जनाले आर्थिक सहयोग लिएको र दोस्रो चरणमा २४ जनाले आर्थिक सहयोग पाएको नेप्सक्सका अध्यक्ष कंडेलले बताए । उनले केही विद्यार्थीहरुको कोठा भाडा पनि तिरीदिएको जानकारी दिए । ‘विद्यार्थीहरुले राखेको डिपोजिट रकम, कोठा भाडा तिर्ने अवधि बढाउने र त्यो विकल्प पनि नभएका केही विद्यार्थीहरुलाई कोठा भाडा तिरेका छौं,’ कंडेलले भने ।
सबैभन्दा बढी समस्यामा वेस्ट लण्डन, इस्ट लण्डन, बोल्टन र हडर्सफिल्ड विश्वविद्यालयका विद्यार्थीहरु परेको उनले बताए ।
नेपाली विद्यार्थीहरुले विश्वविद्यालयबाट पाउने हार्डसीप फण्डका लागि निवेदन दिएको ती मध्ये अधिकांशले हार्डसीप फण्ड पाएको पनि कँडेलले जानकारी दिए । जसबाट २ सय पाउण्डदेखि ४ सय पाउण्डसम्म विश्वविद्यालयबाट सहयोग मिलेको छ ।
नेप्सक्सले बिहीबारसम्म विश्वविद्यालयका विद्यार्थीहरुलाई सहयोगका लागि १४ हजार २ सय पाउण्ड संकलन गरेको छ । नेप्सक्सको सम्पर्कमा विभिन्न ४३ विश्वविद्यालयमा अध्ययनरत ३ सय ४२ विद्यार्थीहरु आएका छन् ।
एनआरएनए युकेद्वारा १८ सय पाउण्ड सहयोग
यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले बिहीबारसम्म १ हजार ८ सय पाउण्ड नगद सहयोग उपलब्ध गराएको छ । कोरोनाका कारण निधन भएका परिवारहरुलाई उक्त रकम बाँडिएको एनआरएनए युके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । एनआरएनएले माक्स, ग्लोव्स, मेडिसिन तथा खाद्य सामग्री सहयोग गरेपनि आर्थिक सहयोग भने मृतकका परिवारलाई मात्र हालसम्म गरेको छ ।
एनआरएनए युकेले पनि राहत कोषमा १५ हजार पाउण्डभन्दा बढी संकलन गरिसकेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते