लण्डन । पाँच दिनदेखि बेलायतबाटै हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदुत रिचर्ड मोरिसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बेलायती परराष्ट्र सेवाका कुटनीतिज्ञ मोरिस आगामी जुलाईदेखि फिजीका लागि बेलायती हाइ कमिश्नरको जिम्मेवारी लिनेवाला थिए । फर्नहम हेराल्डका अनुसार उनको कामको प्रकृतिअनुसार उनी ‘उच्च जोखिम’मा रहेको बताइएको छ । सोही अनुसार प्रहरीले उनको खोजीलाई उच्न प्राथमिकता दिएको बताइएको छ । उनको खोजीमा ह्याम्सायर प्रहरीको खोजी र उद्दार युनिट, कुकुरमार्फत खोजी र उद्दार, हवाइ उद्दार, युके मिसिङ पर्सन्स युनिट तथा अन्य नियोगहरुको संयुक्त पहलमा उनको खोजी भइरहेकाे बताइएको छ ।
उनी बुधबार बिहान बेन्टलीस्थित घरबाट दौड्न निस्केपछि सम्पर्कविहीन छन् ।
५२ वर्षीय मोरिसको परिवारले उनको अवस्थाका बारेमा चिन्ता प्रकट गरेको छ ।
बेलायतको वोर्सेस्टरसायरमा जन्मिएका मोरिस सन् १९९० मा खुला प्रतिस्पर्धाबाट कुटनीतिक सेवामा प्रवेश गरेका थिए । उनी सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदुत थिए । उनी राजदुत रहेकै बखत तत्कालिन प्रिन्स ह्यारीको नेपाल भ्रमण भएको थियो । नेपालका लागि राजदुत नियुक्त हुनुअघि उनी प्यासिफिक महाशाखाका प्रमुख थिए ।
उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ ।
प्रहरीले रिचर्ड हुलिया ६ फिट अग्लो, श्वेत वर्णको, फुलेको कपाल र दाह्री पालेको बताएको छ । उनको अनुहारमा जन्मचिन्ह भएको बताइएको छ ।
उनले लामो बाहुला भएको नीलो जीपर भएको टप, कालो हाफ पाइन्ट र नीलो जुत्ता लगाएको प्रहरीले बताएको छ ।
यदि कसैसित उनको बारेमा जानकारी भए प्रहरीलाई १०१ मा फोन गरी रिफरेन्स नम्बर ६२७ उल्लेख गर्न बताइएको छ । यसैगरी ४४२००१६०३९८ मा फोन गरी विवरण दिन सकिने प्रहरीले जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते