लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस बेपत्ता भएका छन् । प्रहरीले उनको खोजीको लागि अपील गरेको छ ।
५२ वर्षीय मोरिस बुधबार (६ मे) बिहान १०.३० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट हराइरहेको ह्यम्पसायर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बिहान दौड्न निस्केका थिए ।
उनको परिवारले मोरिसको कुशलताका बारेमा चिन्ता व्यक्त गरेका छन् ।
प्रहरीले उनको खोजीका लागि जनसाधारणसँग अपील गरेका छन् । बुधबार साँझ एक अपील प्रकाशित गर्दै प्रहरीले ‘हामीले यसै साँझदेखि उनको खोजी गरिरहेका छौँ तर अब तपाईहरुसित पनि सहयोगका लागि अपील गर्दछौँ ।’
प्रहरीले रिचर्ड हुलिया ६ फिट अग्लो, श्वेत वर्णको, फुलेको कपाल र दाह्री पालेको बताएको छ । उनको अनुहारमा जन्मचिन्ह भएको बताइएको छ ।
उनले लामो बाहुला भएको नीलो जीपर भएको टप, कालो हाफ पाइन्ट र नीलो जुत्ता लगाएको प्रहरीले बताएको छ ।
यदि कसैसित उनको बारेमा जानकारी भए प्रहरीलाई १०१ मा फोन गरी रिफरेन्स नम्बर ६२७ उल्लेख गर्न बताइएको छ । यसैगरी ४४२००१६०३९८ मा फोन गरी विवरण दिन सकिने प्रहरीले जनाएको छ ।
उनी सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए । सन् १९९० मा फरिन एण्ड कमनलेल्थ अफिसमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेका मोरिसले यसअघि विभिन्न कूटनीतिक जिम्मेवारी निभाइसकेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते