लण्डन । कोरोना संक्रमणबाट भूतपूर्व गोरखा सैनिक कर्णबहादुर राईको बेलायतमा शनिबार निधन भएको छ ।
श्वास फेर्न गाह्रो भएपछि १० दिनअघि अस्पताल लगिएका राईको मेडिस्टोन अस्पताल केन्टमा निधन भएको किरात यायोख्या मेडिस्टोन प्रारम्भिक कार्यसमितिका अध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।
७७ वर्षीय राईलाई कोरोनाको लक्षण घरमै देखिएको थियो । उनलाई शुरुमा टाउको दुख्ने गरेको थियो भने पछि श्वास फेर्न गाह्रो भएको थियो । उनलाई भेण्टिलेटरमा राखी उपचार गरिँदैथियो ।
परिवारका अनुसार उनमा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।
ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई सन् २०१७ देखि बेलायतको मेडिस्टोनमा बसोबास गर्दै आएका थिए । बेलायत आएको केही महिनामै राईकी श्रीमतीको निधन भएको थियो । उनी हाल एक छोरा, एक छोरीसित बेलायतमा बस्दै आएका थिए । उनको दुई छोरा, चार छोरी छन् ।
सेभेन्थ गोरखा राइफल्सका राईको आर्मी नम्बर २११५२९७५ रहेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते