लण्डन । कोरोना संक्रमणबाट भूतपूर्व गोरखा सैनिक कर्णबहादुर राईको बेलायतमा शनिबार निधन भएको छ ।
श्वास फेर्न गाह्रो भएपछि १० दिनअघि अस्पताल लगिएका राईको मेडिस्टोन अस्पताल केन्टमा निधन भएको किरात यायोख्या मेडिस्टोन प्रारम्भिक कार्यसमितिका अध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।
७७ वर्षीय राईलाई कोरोनाको लक्षण घरमै देखिएको थियो । उनलाई शुरुमा टाउको दुख्ने गरेको थियो भने पछि श्वास फेर्न गाह्रो भएको थियो । उनलाई भेण्टिलेटरमा राखी उपचार गरिँदैथियो ।
परिवारका अनुसार उनमा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।
ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई सन् २०१७ देखि बेलायतको मेडिस्टोनमा बसोबास गर्दै आएका थिए । बेलायत आएको केही महिनामै राईकी श्रीमतीको निधन भएको थियो । उनी हाल एक छोरा, एक छोरीसित बेलायतमा बस्दै आएका थिए । उनको दुई छोरा, चार छोरी छन् ।
सेभेन्थ गोरखा राइफल्सका राईको आर्मी नम्बर २११५२९७५ रहेको छ ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक