लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड- १९) का कारण निधन हुने नेपालीहरुको संख्या ४० पुगेको छ । करीव एक लाख बसोवास गर्ने बेलायतमा कोरोना भाइरस संक्रमणका कारण निधन हुनेको संख्या ४० रहेको दूतावासले जनाएको हो ।
संयुक्त अधिराज्य बेलायतस्थित नेपाली दूतावासले मंगलबार दिउँसोसम्म ४० जना नेपालीहरुको कोभिड- १९ संक्रमणबाट निधन भएको पुष्टी गरेको छ । दूतावासका उपनियोग प्रमुख शरद आरणले नेपालीको निधन संख्या अझै बढन सक्ने जनाए । उपनियोग आरणले थप नामहरु प्राप्त भएपनि पुष्टी हुन नसकेको जानकारी दिए । ‘हामीलाई केही नामहरु प्राप्त भएका छन,’ उनले भने ,’ती नामहरुलाई ‘भेरिफाइ’ गर्ने काममा हामी लागिरहेका छौं ।’
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान