लण्डन । बेलायत सरकारले कोरोना महामारीका कारण पूर्व गोरखा र उनीहरुको परिवारलाई परेको समस्यालाई गम्भीररुपमा लिई पूर्ण समाधान गर्ने वचन दिएको छ ।
नेपाली राजदूतावास, लण्डनका अनुसार दूताबासले पूर्व गोरखा सैनिकहरु र उनीहरुको परिवारलाई कोरोना महामारीबाट परेका समस्याका बारेमा बेलायत सरकारलाई ध्यानाकर्षण गराएको थियो । सोको प्रत्यूत्तरमा बेलायतको रक्षा मन्त्रालयले पूर्व गोरखा सैनिक र उनका परिवारलाई गोरखा वेलफेयर ट्रष्टका तर्फबाट सहयोग उपलब्ध गराउँदै आइएको र उनीहरुको समस्यालाई गम्भीर रुपमा लिई पूर्ण जिम्मेवारीका साथ समाधान गर्ने वचनवद्धता दिएको छ ।
दूताबासले पूर्व गोरखा सैनिकहरुलाई कुनै सहयोग वा जानकारी आवश्यक भएमा उहाँहरु आफैँले वा उहाँहरुका तर्फबाट कसैले निम्न सम्पर्क नम्बर र स्थानमा सम्पर्क गर्न सकिने बताइएको छ ।
Gurkha Welfare Advice Centres-
Email at: [email protected]
Telephone; Aldershot (07882 731986 / 07886 3978890, or
Salisbury (07425629041 / 07425 629037)
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक