
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यसमितिले असहयोग गरेपछि प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट डा. हेमन्त दवाडीले राजीनामा दिएका छन् । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयको नेतृत्व सम्हालेका डा. दवाडीले एनआरएनएमा आफ्नो नेतृत्व चाहिने वा नचाहिने हो स्पष्ट पार्न नयाँ कार्यसमितिले पटक पटक इमेल गर्दा पनि जवाफ नपाएपछि राजीनामा दिएका हुन् ।
डा. दवाडीको राजीनामा आएको एनआरएनए महासचिव हेमराज शर्माले जानकारी दिए । राजीनामा अघि नयाँ कार्यसमितिले सहयोग भूमिका नखेलको र कार्यालयका कामहरु पेन्डिङ राखेपछि बाध्य भएर राजीनामा दिएको पत्रमा उल्लेख गरेको स्रोतले बतायो । डा. दवाडीले वीनेपालीसँग आफूले हालै राजीनामा बुझाएको पुष्टी गरे । उनको राजीनामासँगै दोहोरो तलबमा गैरआवासीय नेपालीको पैसा खर्च हुनेछैन । तत्कालीन अध्यक्ष भवन भट्टले अर्का सिइओ राजेश राणालाई बर्खास्त गरेर दवाडीलाई नियुक्ति गरेका थिए ।
दवाडीको राजीनामा पछि अब एनआरएनए कार्यालय काठमाडौँमा एउटा प्रमुख कार्यकारी अधिकृत राजेश राणा मात्र रहेका छन् ।यसअघि करिब ३ वर्षदेखि एनआरएनएले दुवै सिईओलाई तलब खुवाउँदै आएको थियो । एनआरएनए स्रोतका अनुसार ५८ वर्षे उमेर हदका कारण डा. हेमन्त दवाडीलाई जनवरी २०२० मै अवकास दिनु पर्ने थियो । तर डा दवाडीले नयाँ नेतृत्वलाई आफूसँग काम गर्न सहज छ वा छैन भन्ने बारेमा प्रश्न सोधेको इमेलको जवाफ महासचिव शर्माले दिएनन् । जसका कारण झण्डै तीन महिना बिना सम्झौता काम गरे । तीन महिनामा पनि कुनै जवाफ नआएपछि डा दवाडीले नयाँ नेतृत्वलाई सहज वातावरणका लागि मार्ग प्रसस्त गर्दै बन्दाबन्दीकै अवस्थामा राजीनामा दिए । उनको राजीनामा विहीबार (अप्रिल अन्तिम)देखि कार्यान्वयनमा आउनेछ । अर्का सिईओ राणाले भने ५८ वर्षे उमेर हदका कारण श्रम ऐन अनुसार २०२१ मे महिनासम्म काम गर्न पाउँछन् ।
यसैबीच पूर्वकार्यकारी निर्देशक राजेश राणालाई संघद्वारा आर्थिक अनियमितता प्रकरणमा स्पष्टीकरण सोधिएको छ । गैरआवासीय नेपाली संघको नेतृत्व अध्यक्ष कुमार पन्तले सम्हालेपछि गरिएको विस्तृत आर्थिक लेखा परिक्षण (डिडिए) ले लाप्राक र एनआरएनए भवन निर्माण प्रकृयामा आर्थिक घोटालाका नाममा राणालाई स्पष्टीकरण सोधिएको हो । महासचिव शर्माको एक मात्र सिईओ राणालाई पनि काममा फर्कन नदिने योजना अनुसार स्पष्टीकरण सोधिएको स्रोतको दावी छ । महासचिव शर्माले राणालाई स्पष्टीकरण सोधिएको अवस्थामा कर्मचारीले आ-आफ्नो विभाग अन्तर्गत सबैले काम गर्ने जनाए । ‘संघको कार्यालयमा चार जना विशिष्ठ कर्मचारी छन् । एनआरएनए नियमावलीअनुसार ती मध्ये जो पनि सिईओ बन्न सबै योग्य छन्’, महासचिव शर्माले वीनेपालीसँग भने, ‘सिइओ नै चाहिन्छ भन्ने कहाँ छ ? सचिवालयमा भएका विभाग प्रमुखले आ-आफ्ना विभागका रिपोर्टिङ आईईएस पदाधिकारीलाई गर्छन् । म नै सिईओ बन्ने कुरा होइन ।’
अध्यक्ष पन्तले आफ्नो घोषणा पत्रमामा सचिवालय पुनरावलोकन गर्न खोजेपनि महासचिव शर्माले सहयोग गरेका छैनन् । कर्मचारीको बोझ भएको भन्दै महासचिव शर्माले बेलायतबाटै कार्यालय संचालनको तयारी गरेको स्रोतको दावी छ । संघको विधान सशोधन गरी प्रशासनिक प्रमुखको जिम्मेवारी संघको महासचिवलाई हुने उल्लेख गरिएको छ। करिब २ लाखभन्दा बढी तलवसहित गाडी, भत्तालगायतको सुविधासहित एनआरएनए केन्द्रीय कार्यालयको सिइओ पदमा दुई जनाका लागि खर्च हुँदै आएको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा