लण्डन । गोरखा सैनिक एका राईले मेडिस्टोन तथा टनब्रिज वेल्स एनएचएसको सहयागार्थ २४ घन्टे साइकल यात्रा गर्ने भएका छन् ।
उनी आफैँ १४ दिन एकान्तबास बसेर निस्केका हुन् ।
गोरखा इन्जिनियर्स मेडिस्टोनमा कार्यरत सार्जेन्ट मेजर राईले हालसम्म १ हजार ५०० पाउण्ड सहयोग संकलन गरिसकेको स्थानीय केन्ट अनलाइनले जनाएको छ ।
उनले भोलि आफ्नै निवासबाट यात्रा शुरु गर्ने छन् ।
दुई छोरीका पिता राईले पाँच वर्षीय छोरीलाई रुघाखोकीको लक्षण देखेर घरमै आइसोलेसनमा बसेको बेला कोरोना भाइरसको महामारी विरुद्धको लडाइँमा एनएचएसका कर्मचारीहरुको कार्य समाचारमा देखेर सो कार्य गर्न प्रोत्साहन मिलेको बताएका छन् ।
अफगानिस्तानमा समेत खटिसकेका राई भन्छन् -‘एनएचएसका कर्मचारीहरुले देखाएको बहादुरी शानदार छ र मलाई मेरो तर्फबाट केही गराउनका लागि उत्प्रेरित गरेको छ ।’
‘जब हामी युद्धमा जान्छौँ दुश्मनलाई देख्छौँ र त्यसैमा केन्द्रीत हुन्छौँ तर कोरोना विरुद्धको लडाइँमा दुश्मन कहाँ छ देखिँदैन’- राई भन्छन् ।
राईले यसअघि पनि ह्यम्पसायरबाट हेस्टिङसम्म ६२ माइल पैदल यात्रा गरिसकेका छन् ।
राई कार्यरत इन्भिक्टिया पार्क ब्यारेकका सैनिकहरुले लण्डनको एक्सेलमा केही दिनमै नाइटिंगेल अस्पताल बनाएका थिए ।
राईलाई सहयोग गर्न यहाँ क्लीक गर्नुहोस्
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा