लण्डन । गत हप्ता मेडिस्टोनमा कार आगजनीमा गरेका गोरखा भूतपूर्व सैनिकको परिवारलाई स्थानीयबासीले सहयोग र सद्भाव व्यक्त गरेका छन् ।
गत साता कोरोना भाइरसबाट सृर्जित जातीय द्वेषका कारण उनको कार जलाइएको समाचार सार्वजनिक भएपछि उनका लागि स्थानीयबासीले आर्थिक सहयोग संकलन गरेका छन् भने सो समाचार प्रकाशन गरेको केन्टअनलाइनमार्फत सद्भाव र स्नेह व्यक्त गरेका छन् ।
केन्ट अनलाइनका अनुसार पीडित रामकुमार लिम्बुका लागि उनका एक छिमेकी स्टिभ होवार्डले जष्ट गिभिङमा आर्थिक सहयोग संकलनका लागि पेज बनाएका छन् । आठ दिनअघि ५०० पाउण्ड सहयोग उठाउने लक्ष्य राखेर बनाइएको सो पेजमा यो समाचार तयार पारुञ्जेलसम्ममा ७४ जनाले सहयोग गरेका छन् भने १ हजार २१७ पाउण्ड सहयोग जम्मा भइसकेको छ ।
मेडिस्टोनको होण्डा मोटरसाइकलको डिलरका व्यवस्थापक रहेका ५२ वर्षीय होवार्ड लिम्बु र उनको परिवारले बेलायतको लागि सैनिक जीवन र राष्ट्रिय स्वास्थ्य सेवामार्फत दिएको योगदान सम्झेर सो अभियान शुरु गरेको बताउँछन् ।
उनी भन्छन्, “बार्मिङ (घटना भएको क्षेत्र) मा अलि राम्रो सामुदायिक भावना छ । म सम्भवत सो घटनाका बारेमा सबैभन्दा पहिला यसको फेसबुक पेजमा कमेन्ट गर्नेमा पर्छु । चाँडै नै यो प्रष्ट भयो कि यो हाम्रो समुदायमा नराम्रो घटना भयो ।” उनी थप्छन्, “यो घटनामा जसको कार क्षति भयो उनले सैन्य सेवाबाट र उनको परिवारले एनएचएसमार्फत यो देशको लागि दिएको योगदानको गुण तिर्ने अब बेला भयो । अहिलेसम्म आर्थिक सहयोगमा प्राप्त प्रतिक्रिया असाध्यै राम्रो र सुखद छ ।”
उनी भन्छन्, “यो घटनापछि मलाई सोच्न बाध्य गरायो कि मानिसहरु एकले अर्काको ख्याल राख्छन् । जसले यो घटना गराए उनीहरु केही सीमित मात्र हुन् । यस घटनाले हामी सबैलाई यस्तो घटना हाम्रो समुदायमा यत्तिकै जान दिन हुँदैन भन्ने सन्देश दिएको छ ।”
होवार्डले सहयोग संकलनका बारेमा लिम्बुसित कुरा गरेको र सहयोग रकम जम्मा भएपछि हस्तान्तरण गर्ने बताएका छन् ।
लिम्बुको परिवारको तर्फबाट भतिजी एञ्जिला लिम्बुले समुदायबाट प्राप्त शुभेच्छा र सहयोगप्रति परिवारको तर्फबाट आभार प्रकट गरेकी छिन् । उनले भनेकी छिन्, “जब यो घटना भयो हामीले सामान्य किसिमले जनचेतना फैलाउने र यस्तो घटना अब नहोस् भन्ने चाहेका थियौँ । तर यति धेरै सकारात्मक प्रतिक्रिया, सुनिश्चितता, सुझावहरु पाएर हामीहरु साँच्चिकै आश्चर्य र द्रविभूत भएका छौँ ।”
“समुदायले हामीलाई सहयोगका लागि ठूलो कष्ट उठाएको छ । जब हामीले हाम्रो लागि सहयोग संकलन हुँदैछ भन्ने थाहा पायौँ हामीहरु नाजवाफ भयौँ । त्यो दुखद घटनाको बावजुद पनि समुदायले हामीलाई तिमीहरु सुरक्षित क्षेत्रमा छौ भन्ने जुन प्रत्याभूति देखायो र दिलायो त्यसका लागि धन्यवाद दिन्छौँ” उनले भनिन् ।
अप्रिल १५को राति लिम्बुसहित अर्को एक नेपालीको कारमा आगजनी गरिएको थियो । सो समाचारमा प्राप्त ६१ वटा प्रतिक्रियामा अधिकांशमा लिम्बुको परिवारप्रति सहानुभूति प्रकट गर्दै सो घटनाले मेडिस्टोनबासीको भावना प्रतिनिधित्व नगर्ने बताइएको छ । यस्तै ती प्रतिक्रियामा घटनामा संलग्नप्रति आक्रोश व्यक्त गर्दै र कडा कार्बाहीको माग पनि गरिएको छ । लिम्बु परिवारप्रति व्यक्त प्रतिक्रियामध्ये एउटामा भनिएको छ- ‘यदि मलाई कसैलाई देश निकाला गर्ने भन्ने छान्न अवसर दिइएमा साहसी र मिहिनेती गोरखाहरुलाई राख्ने थिएँ र तिमी (आगजनीमा संलग्न)हरु जस्तो कुण्ठित अपराधीहरुलाई देशबाहिर लखेट्ने थिएँ ।’
लिम्बुलाई सहयोग गर्न यहाँ क्लिक गर्नुहोस्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी