लण्डन । कोरोना संक्रमणबाट दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठको निधन भएको छ ।
करिब ६० वर्षीय श्रेष्ठको बुधबार बिहान लण्डनस्थित गाइज अस्पतालनमा निधन भएको पासा पुच युकेका पूर्व अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठ सामान्य रुघाखोकी लागेपछि घरमै बसिरहेका थिए । घरमै छोरीले अक्सिजनको मात्रा नाप्दा अक्सिजनको लेभल कम पाएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा जचाउँदा उनमा कोरोना पोजिटिभ देखिएपछि त्यही भर्ना गरी उनको उपचार हुँदै आएको थियो ।
श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् । श्रेष्ठका परिवार आइसोलेसनमा बसिसकेको र अहिले स्वास्थ्य अवस्था ठीक रहेको बताइएको छ ।
उनको पुर्ख्यौली घर स्याङ्जा भई हाल पोखरामा बसोबासरत थिए ।
(अप्रिल १६ मा सच्याइएको । सम्पादक)
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते