मदन पुरस्कार विजेता न्यौपानेको छोटो फिल्म “देशमाथि” सार्वजनिक


स्कटल्याण्ड । मदन पुरस्कार विजेता चर्चित साहित्यकार अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म “देशमाथि” युट्युब च्यानलबाट  सार्वजनिक भएको छ ।
विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने कथा रहेको उक्त सर्ट फिल्मको छायांकन नेपाल र बेलायतमा गरिएको थियो । अनुभवी र सफल निर्देशक दिपेश रेग्मीको निर्देशन/सम्पादन रहेको उक्त उक्त सर्ट फिल्ममा विशाल ढकालको मुख्य भूमिका छ । यसैगरी भैरव रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल,वेद पण्डित, बिष्णुबाबु देवकोटा र रामनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुको अभिनय छ ।
नेपालमा मास्टर्स सकेर पनि आरक्षण र नातावाद /कृपावादको कारण उचित काम नपाएर विदेसिएको देशप्रेमी युवकको कथा उक्त सर्ट फिल्ममा समेटिएको छ । बेल्जियममा रहेको तेजेन्द्र कंडेल फिल्म्स (तेजेन्द्र कंडेल) ले निर्माण गरेको उक्त सर्ट फिल्मको सहनिर्माता सोमनाथ शर्मा मेमोरियल ट्रष्ट (सोहन घिमिरे, बेलायत) रहेको छ । फोस्तास तालकाले छायांकन गरेको “देशमाथि” को अंग्रेजी सबटाइटल आर्जब पौडेलको छ । उक्त सर्ट फिल्म रो प्रोडक्सन युकेको युट्युब च्यानलमा https://www.youtube.com/watch?v=qErY2bmwuO4 मा हेर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री