
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत वान (एनसीसी वान)प्रोजेक्ट एवं महिला तथा युवा विभागले कोरोना भाइरसबाट पीडित ब्यक्ति र परिवारको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । एनआरएनए उपाध्यक्ष तथा विभाग संयोजक रवीना थापाको अध्यक्षतामा अप्रिल ६ तारिखमा बसेको टेलिकन्फरेन्स बैठकले तत्कालै राहत दिने गरी अर्थ संकलन अभियान सुरु गर्ने निर्णय गरेको हो ।
‘कोरोना भाइरसले विश्वभरी आतंक मच्चाएको छ । विश्वभर रहेका नेपालीहरु अहिले निकै कठिन परिस्थितिबाट दैनिकी विताइ रहनुभएको छ,’ थापाले भनिन्, ‘वहाँहरुको पीडामा थोरै भएपनि तत्काल राहत उपलब्ध गराउने निर्णय हाम्रो समितिले लिएको छ । छिट्टै रकम संकलन गरेर राहतको कार्यक्रम सुरु गर्छौं ।’ बैठकले ४ प्रकृतिका पीडितहरुलाई सहयोग गर्ने निधो गरेको छ ।
कोरोना संक्रमणका कारण मृत्युवरण गरेका ब्यक्तिको परिवारलाई पहिलो प्राथमिकतामा राहत उपलब्ध गराईने छ । यस्तै, कोरोना संक्रमणपछि उपचारत ब्यक्ति, अध्ययनको शिलशीलामा विश्वका विभिन्न देशमा बसिरहेका विद्यार्थीहरु र विभिन्न कामले नेपाल बाहिर रहेका र सम्बन्धित देशको आवश्यक कागजपत्र नभएका ब्यक्तिहरुलाई सहयोग गर्ने तयारी छ । ‘पहिलो चरणमा विदेशमा भएका नेपाली दाजुभाइ दिदि बहिनीहरुलाई राहत उपलब्ध गराउँ भनेर यस्तो निर्णय गरिएको हो । अहिले नेपालमा त्यति धेरै असर पुगिसकेको पनि छैन,’ थापाले भनिन्, ‘विदेशमा गरिसकेपछि नेपालमा पनि दैनिक ज्यालामजदुरी गर्ने र कठिन परिस्थितिका ब्यक्तिहरुलाई सघाउछौं ।’
बैठकमा अमेरिका, क्यानडा, बेलायत, स्पेन, स्विट्जरल्याण्ड, इटाली, फ्रान्स, नेपाल लगायत बिभिन्न क्षेत्रहरुबाट आफ्नो टास्कफोर्सका प्रतिनिधि र सल्लाहकारहरुले भाग लिएका थिए । तीनवटै बिभागले संयुक्त रुपमा आर्थिक सहयोग संकलन अभियान शुरु गरिसकेको छ । सहयोग राशीलाई पारदर्शी बनाउन गो–फण्ड खाता खोलिएको र लिंकहरु बिभिन्न माध्यमबाट शेयर भइरहेको अध्यक्ष थापाले भनिन् ।
‘सहयोगका लागि पहिले रकम संकलन गर्नुपर्ने छ । सानो सानो सहयोगले धेरैको पीडामा मलम लगाउन सकिन्छ,’ उनले भनिन्, ‘एनआरएनएका सबै राष्ट्रिय परिषद एनसीसीहरु, संघ–संस्थाहरु र विश्वभर रहेका नेपाली समुदायलाई यो अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गर्नुहुन हार्दिक आग्रह गर्दछु ।’
सहयोग संकलन र राहत वितरणबारे थप प्रष्ट हुनुपरेमा एनआरएनए उपाध्यक्ष एवं महिला तथा यूवा विभाग र वान एनसीसी वान प्रोजेक्ट की संयोजक रवीना थापा [email protected], खुशी लिम्बु [email protected] र प्रकाश ढकाल [email protected] लाई ई–मेल गर्न सक्नु हुनेछ ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द