लन्डन । बेलायतका केही शहरमा प्रदर्शन तय भएको ‘आमा’ फिल्मका सबै शो स्थगित भएको छ । कोरोना भाइरसका कारण यूकेसहित विश्व नै आक्रान्त बनिरहंदा आयोजकले शो स्थगित गरेका हुन् ।
‘हामीलाई थाहा छ सयौं दर्शक आमा हेर्न व्यग्र प्रतिक्षामा हुनुहुन्थ्यो तर अहिलेको विषम परिस्थितिमा यो सम्भव भएन’, बेलायतमा ‘आमा’ प्रदर्शनको अधिकार लिएका सञ्चारकर्मी कुशल श्रेष्ठले भने । श्रेष्ठले मनोरन्जन भन्दा जनस्वास्थ्य महत्वपूर्ण भएकाले शो स्थगित गरिएको जनाउंदै परिस्थिति अनुकुल भएपछि देखाइने जानकारी दिए । उनले ‘आमा’ एकपटक हेर्नै पर्ने चलचित्र बनेको पनि बताए ।
कोरोना भाइरस महामारीका कारण बेलायतमा शनिबारसम्म २१ जनाको निधन भइसकेको छ भने करिब ११४० जना संक्रमित भएका छन् ।
‘आमा’ यही २२ मार्च अपरान्ह एम्पायर हल अल्डरसट र २९ मार्च सांझ साउथ हयारोस्थित हयारो बरो फुटबल क्लबमा प्रदर्शन गर्ने तय भएको थियो । लन्डन साउथ इष्ट र बेलायतका अन्य केही शहरमा पनि प्रदर्शनको तयारी हुंदै थियो ।
‘आमा’ नेपालमा अत्यधिक हिट चलचित्र हो जसमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला आदि कलाकारहरुको प्रमुख भूमिका छ । उक्त फिल्म ‘पशुपतिप्रसाद’ र ‘धनपति’ जस्ता उत्कृष्ट फिल्म बनाएर चर्चा बटुलेका निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त