लण्डन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला फोरमले आइतबार पश्चिम लन्डनमा एक कार्यक्रम गरेको छ ।
‘महिला सशक्तिकरण’ केन्द्रित उक्त कार्यक्रममा लन्डन स्कुल अफ इकोनोमिक्सकी भिजिटिङ फेलो डा. पुनम यादवले घुम्टो हालेर हिड्ने तराई मधेशका महिलाहरु अहिले सेना तथा प्रहरीमा भर्ति भैरहेको र समाजले पनि त्यसलाई स्वीकार गरेको बताइन् । उनले धेरैजसो स्थानीय निकायमा उपाध्यक्ष वा उपप्रमुख महिला भए पनि उनीहरुले आफ्नो ठाउँबाट सकारात्मक योगदान गरिरहेको बताइन् ।
हाल लिबियामा कार्यरत समाजशास्त्री डा. मीना पौडेलले नेपाली समुदाय तथा परिवारले विदेश गएर महिलाले कमाएर पठाएको पैसा स्वीकार गरेको तर महिलालाई भने स्वीकार नगरेको बताइन् । उनले बजार र मिडियाले महिलालाई हेर्ने दृष्टिकोण निर्माण गरिरहेको बताउंदै कानूनले भन्दा पनि संस्कारले समाज र परिवारमा महिलाको स्थान निर्धारण गरेको बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन युकेकी अध्यक्ष पूनम गुरुङले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरु पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताइन् । उनले एनआरएनए युकेको पहिलो महिला अध्यक्षको रुपमा महिला समानताको क्षेत्रमा काम गर्न आफू प्रतिबद्ध रहेको पनि बताइन् । ‘हाम्रो प्रयास आजै सकिदैन, वर्ष भरि नै जारी रहनुपर्छ’- उनले भनिन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदीले प्रत्येक दिनलाई महिला दिवसको रुपमा मनाउन सुझाव दिए । ‘हिजो हाम्रा आमा, हजुरआमाहरुले कसरी जीवन व्यतित गर्नु भएको थियो, आज हामी कुन अवस्थामा छौं र भावी पुस्तालाई भेदभावमुक्त समाज हस्तान्तरण गर्न के गर्नुपर्छ भन्नेबारे हामी सचेत रहनुपर्छ’- उनले भने । सुवेदीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबै दिदी बहिनीलाई बधाई पनि दिए ।
कार्यक्रममा लिभरपूल जोन मुर्स विश्वविद्यालयकी सह-प्राध्यापक डा सारा पार्कर तथा सिवानी घलेले प्रश्तुति गरेका थिए । त्यस्तै गत वर्ष काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलमा पौडीमा चार ओटा स्वर्ण पदक जित्न सफल खेलाडी गौरिका सिंहले सबै महिलालाई सम्मान गर्न आग्रह गरिन् । ‘फेमिनिज्म भनेको महिला तथा पुरुषबीच समानता हो, पुरुषलाई अवहेलना गर्नु होइन । हामी सबैको अधिकार समान छ, हामीहरुले एक अर्कालाई सम्मान गर्नुपर्छ’- उनले भनिन् । उनले कोरोना भाइरसका कारण हात मिलाउनुको सट्टा नमस्कार गर्न पनि आग्रह गरिन् ।
सम्पूर्ण कार्यक्रम संयोजन एनआरएन युके महिला फोरमकी संयोजक प्रसुना कंडेलले गरेकी थिइन् । कार्यक्रममा गैरआवासीय नेपाली संघ युरोप सह-संयोजक कृष्ण तिमल्सेना, आइसीसी सदस्यहरु रामशरण सिम्खडा, सुशीला राई, योगकुमार फगामी, लिलादेवी गुरुङ, एनआरएन युके महासचिव फडिन्द्र भट्टराई, एनआरएन अग्रज योगेन क्षेत्री, व्यवसायी लगायतको उपस्थिति थियो ।
कार्यक्रम सन्चालन लारा राई तथा ‘प्यानल डिसकसन’ को मध्यस्तता विमला सेने र प्रसुना कंडेलले गरेका थिए । निशा गुरुङले प्रमुख बक्ताहरुको परिचय दिएकी थिइन् । सो अवसरमा महिला हिंसाबारे अमृता गिरी गजुरेल, सुश्मिता थापा र बन्दना केसीले नाट्य प्रस्तुति दिए ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त