लन्डन । बेलायतमात्र होइन, देश विदेशमा समेत परिचित छन् सपनकुमार राई । बेलायतमा नेपाली कला-संस्कृति र गीत संगीत प्रवर्धनमा निरन्तर समर्पित कम्पनी सपन इन्टरटेनमेन्टका निर्देशक हुन् राई ।
सफल डिजेको परिचय समेत बनाएका उनी बेलायतमा विभिन्न कार्यक्रममा नेपाली, हिन्दी गीत प्रस्तुत गरिरहेका भेटिन्छन् । यहांका नेपालीमाझ एक कुशल गायकका रुपमा परिचित राईले वरिष्ठ गायिका मिरा राणाको सहकार्यमा लन्डनमा एक नयां गीत रेकर्ड गराएका छन् ।
गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको ‘संगै जीउने संगै मर्ने…’ बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ । गीत रेकर्डिङका क्रममा शब्दहरुको सही उच्चारण लगायत प्राविधिक पक्षमा वरिष्ठ गीतकार एवं फिल्मकर्मी चिकित्सक डा. भोला रिजालले समेत सहयोग गरेको गायक राईले जनाए ।
अहिले सम्पादनका क्रममा रहेको गीत दुई साताभित्रै सार्वजनिक गरिनेछ । गायक राई उक्त गीत ’सेन्टिमेन्टल प्रेम गीत’ रहेको बताउंछन् ।
मिरा राणा जस्तो अग्लो उचाईंको कलाकारसंगको सहकार्यबाट उनी निकै उत्साहित छन् । ‘केहि समय पहिला मैले लण्डनकै कुनै स्टेजमा गाउँदै गर्दा मिरा राणा दिदीले नोटिस गर्नुभएको रहेछ’-गायक राईले भने, ‘अहिले उहाँले आफ्नै संगीत गर्नुभएको गीत मलाई गाउने मौका दिंदा म पुरस्कृत भएजस्तै महसुस गरेको छु ।’
लण्डन साउथहलस्थित ‘कुलजीत भमरा’ स्टुडियोमा गीत रेकर्ड गराइएको हो । जुन स्टुडियोमा जगजीत सिंह, पंकज उदास, कुमार सानु, सोनु निगमसहितका बलिउडका प्रख्यात गायकहरुले गीत रेकर्ड गरिसकेका छन् ।
अहिलेसम्म डेढ दर्जन बढि गीत रेकर्ड गराइसकेका गायक राईले ‘प्रतीक’, ‘सलुट’ र ‘मिलेनियम सौगात’ लगायत सांगीतिक एल्बम पनि सार्वजनिक गरिसकेका छन् ।
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]