यो विवश मनको यात्रा
यो थकित शरीरको यात्रा
यात्रा हजारौं माइलको तर गन्तब्यहीन यात्रा
यात्री धेरै भेटिए यो यात्रामा
तर तिमी किन यति पृथक?
सम्बोधनमा हजुरबाट तपाईं
तपाईंबाट तिमीसम्मको यात्रा
के यो यात्रा
त्यो यात्रा हो ?
जो मेरो मनको ‘बकेट लिस्ट’ मा लेखिएको यात्रा
कि
मेरो र तिम्रो अन्तरमनले कोरियोग्राफ गरेको यात्रा?
उफ,
त्यो अप्ठयारो तरिकाले सम्बोधन गरेको यात्रा
त्यो शब्दपिच्छै मायालु सम्बोधनसम्मको यात्रा
भलै मन विवश होला
अनि शरीर क्लान्त
यो यात्रा विवश छैन
यो यात्रा जीवन्त छ
त्यो फोनमा बारम्बार नजर जाने यात्रा
त्यो पर्खाईमा भुतुक्कै हुने यात्रा
मेसेज पढ्दै मुसुक्क हाँस्नुसम्मको यात्रा
यात्रा सुन्दर छ
त्यो टेक्स्ट मेसेजबाट दुई मिनेट
अनि दुई मिनेटबाट घन्टौ भ्वाईस च्याटको यात्रा
त्यो एक अर्कालाई बुझेको यात्रा
प्रेममा चुर्लम्म डुब्नुसम्मको यात्रा
यात्रा रोमान्चक छ
यात्रा रोमान्चक छ
किनकी सहयात्री तिमी र म
बेसर्तको बेलगाम यात्रा
प्रश्नविहीन अनुत्तरित यात्रा
मेरो र तिम्रो अनि हाम्रो सम्बन्धको यात्रा
हाम्रो गन्तब्यहीन यात्रा
सप्रेम, लण्डन
16/1/2020
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री