शुक्रबार, साउन २३ २०७७ | Fri, August 07, 2020
नेपालको समय: १४:४० | UK Time: 09:55

राजेशपायल र लीलाको लन्डन शहर

वीनेपाली
२०७६ पुष ६ गते १२:१९

लन्डन । लोकप्रिय गायक तथा गायिका राजेशपायल राई र लीला राईको युगल स्वरमा ‘लन्डन शहर हो लन्डन शहर, तिमीसँगै घुम्न जान लाग्यो रहर’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।

स्टुडियो किङको युटुब च्यानलबाट सार्वजनिक भएको गीत ढुण्डिराज सुच्चा राई ‘कटुञ्जे माइला’ ले रचेका हुन् भने सङ्गीत मनोज साङसोन राईले दिएका छन् । सङ्गीत संयोजन पनि सङ्गीतकार साङसोनकै छ । गीतमा बेलायतको प्रसिद्ध शहर लन्डनको महिमा बयान गरिएको छ । भिडियोमा लन्डन शहरको मनमोहक दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक