लन्डन- एनआरएन युकेका एक पंजीकृत सदस्यले आफ्नो नाम केन्द्रमा पठाइएको मतदाता नामावलीबाट हटाइएको भन्दै उजुरी गरेका छन् ।
रेडिङमा बसोबास गर्ने बालकृष्ण दाहाल दशैं लगत्तै महँगो हवाई टिकट किनेर काठमाडौँ पुगेका थिए । गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा भाग लिनका लागि एनआरएन युकेद्वारा प्रकाशित प्रतिनिधि सूचीमा उनको नाम २२१ नम्बरमा थियो । तर, काठमाडौँमा एनआरएन केन्द्रिय सचिवालयद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा उनको नाम थिएन ।
यस विषयमा छानबिन गरियोस् भन्ने माग गर्दै दाहालले एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ समक्ष लिखित उजुरी दिएका छन् । आफ्नो निवेदनमा उनले भनेका छन्, “मैले केन्द्रिय सचिवालयमा बुझ्दा एनआरएन युकेका जिम्मेवार पदाधिकारीले नै पटक पटक नामावली परिवर्तन गरेको बताइयो । मैले केन्द्रिय निर्वाचन समिति समक्ष पनि लिखित उजुरी बुझाएको छु । एनआरएन युकेले सार्वजनिक रुपमा प्रकाशित गरेको डेलिगेट सूचीमा केन्द्रमा कसैलाई हराउने वा जिताउने निहित उद्देश्य राखेर म जस्ता कैयौं डेलिगेटहरुको नाम पटक-पटक काट्ने अधिकार ति पदाधिकारीलाई कसले दियो ? एक वर्ष वा त्यो भन्दा अघि बेलायत छोडेर नेपाल फर्की सकेका व्यक्तिको नाम मतदाता नामावलीमा कसले घुसायो ? यस्ता अनियमतिताबारे एउटा उच्चस्तरीय समिति गठन गर्न र समितिको प्रतिवेदन नआउंदासम्म सम्वन्धित पदाधिकारीलाई निलम्वन गर्न माग गर्दछु ।”
यस्ता क्रियाकलापले सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएको छबि धमिलो भएको पनि उनले उल्लेख गरेका छन् ।
दाहाल जस्तै युकेमा सूचीमा नाम रहेकी नेपलिज नर्सिङ एसोसियसन युकेकी पूर्व अध्यक्ष सुशीला कार्कीको नाम काठमाडौँमा हटाइएको थियो भने अर्की पूर्व अध्यक्ष अजित सिम्खडाको नाम युकेको सूचीमै समावेश गरिएको थिएन ।
एनआरएन युकेद्वारा प्रकाशित प्रतिनिधि सूचीमा पटक-पटक नाम फेरबदल गरिएकोबारे एनआरएन युकेका नवनिर्वाचित उपाध्यक्षद्वय प्रेम गाहामगर तथा नारायणदत्त कंडेलले सम्वन्धित पदाधिकारीको नामै उल्लेख गरि केन्द्रिय कार्यालयमा उजुरी दर्ता गराएका थिए । तर, कुनै सुनुवाई भएन।
यसरी युकेदेखि नै ‘सेटिङ’ गरी केन्द्रको चुनाव प्रभावित गर्ने काम एनआरएन जस्तो सामाजिक संस्थालाई नसुहाउने एनआरएनए अगुवाहरुले जनाएका छन् । एनआरएनएको चुनावलाई पारदर्शी र विश्वसनीय नबनाउंदासम्म निर्वाचित पदाधिकारीहरुको वैधतामाथि प्रश्न उठिनै रहने उनीहरुको भनाइ छ ।
एनआरएन युकेका नवनिर्वाचित उपाध्यक्षद्वय प्रेम गाहामगर तथा नारायणदत्त कंडेलले केन्द्रिय कार्यालयमा दर्ता गराएको उजुरी-
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण