लण्डन । मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठ बुधवार राती लण्डन उत्रिएकी छन् । डिसेम्बर १४ तारिख लण्डनमा हुने ‘६९ औं मिस वर्ल्ड प्रतियोगिता’ मा भाग लिन अनुष्का लण्डन आएकी हुन् ।
उनी राती ९.४० बजे हिथ्रो विमानस्थल टर्मिनल २ मा उत्रिएपछि आफू तीन साताको ‘ट्रेनिङ’ मा व्यस्त रहने बताइन् । एक्सेल लण्डनमा हुने प्रतिस्पर्धामा सहभागी हुन १११ देशका सुन्दरीहरु लण्डन आउने क्रम शुरु भएको छ ।
प्रतियोगीहरुले टप ४० मा छानिन फास्ट ट्रयाक विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये मल्टिमिडिया, स्पोर्टस, ट्यालेन्ट, टप मोडल, ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी वीथ अ पर्पोज’ छन् ।
अनुष्काले मल्टिमिडिया अवार्डबाट धेरै आशा राखेकी छन् । उनले उक्त अवार्डमा जिताउन सबै नेपालीसँग अपिल गरेकी छन् । अवार्ड जित्न धेरै लाइक आवश्यक पर्छ, जसका लागि MOBSTAR एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाइक गर्न सकिनेछ । एक लाइक एक भोटको रुपमा गणना हुनेछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते