लन्डन । इंग्ल्याण्ड सी र नेपाली राष्ट्रिय फुटबल टिमबीचको मैत्रीपूर्ण खेल आगामी २५ मे सोमबार (बैंक होलिडे) का दिन हुने भएको छ । यसअघि ३० मे, २०२० मा हुने भनिएपनि नेपाली टिमको समय नमिल्दा मिति सारिएको हो । खेल अल्डरसट टाउन फुटबल क्लवमा दिउसो हुनेछ । इंग्ल्याण्ड फुटबल एसोसिएसनले उक्त मैत्रीपूर्ण खेलमा ३० हजार भन्दा बढि दर्शक अपेक्षा गरेको छ ।
बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा नेपाली राष्ट्रिय फुटबल टिम बेलायत आएर खेल्न लागेको यो पहिलो हो । राजदूत डा. दुर्गाबहादुर सुवेदीले यसलाई ऐतिहासिक उपलब्धि भन्दै आएका छन् । यस मैत्रीपूर्ण खेल सफल बनाउन इंग्ल्याण्ड फुटबल एसोसिएसन, राजदूत डा. सुवेदी, सहारा यूके र एन्फाको सक्रियता छ । आयोजकले उक्त खेलमा दर्शक जुटाइदिन विभिन्न संघसंस्थासंग अपिल गरेका छन् ।
यो अवसरले नेपाली खेलाडीलाई प्रोत्साहन हुनुका साथै खेल विकास र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा राजदूत डा. सुवेदीको छ ।
त्यस्तै सन् २०२१ मा इंग्लिस फुटबल टोलीले नेपाल गएर खेल्ने भएको छ ।
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता