लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको हालसम्म ७५ प्रतिशत मतगणना भइसकेको छ । खसेका कुल ९ हजार २ सय ५३ मत (६८ प्रतिशत) मध्ये शुक्रबार दिउसो सम्म ७५ प्रतिशत गणना गरिएको हो ।
अल्डरसट बुथ सकिन लागेको र त्यसपछि ह्यारो अनि बेजिङस्टोक थालिने बताइएको छ ।
तर, निर्वाचन समिति निरन्तर ‘अपडेट’ दिन चुकेको छ । विवाद हुन सक्ने डरले हालसम्मको नतिजा गोप्य राखिएको बताइएको छ । अपडेट नहुँदा उम्मेदवार र मतदाताबीच अन्यौल बढेको छ ।
गणनास्थलमा रहेका पत्रकार ध्रुबराज अर्यालले झन्डै ७५ प्रतिशत मतगणना सम्पन्न हुँदा पनि विवादको त्रासले अहिलेसम्म कुनै नतिजा सार्वजनिक नगरिनु दु:खद भएको बताउँदै बीचमा कुनै विवाद नआए शुक्रबार रातीसम्म फाइनल नतिजा आउने सम्भावना रहेको जनाए ।
‘विवादित ठाउँमा छानविन गर्न छानविन समिति बनिसकेको अबस्थामा अन्य मतदान केन्द्रको परिणाम सार्वजनिक नगरेर मतदाता र स्वयम् उमेद्वारहरुलाई समेत गुमराहमा राख्नु निर्वाचन समितिको हदैसम्मको गैर जिम्मेवार कार्य हो’, सचिबका उमेद्वार भोलाविक्रम राईले आक्रोश पोखेका छन्।
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर