
काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८२ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषिबहादुर राई र कमल किरातीलाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका वाम्बुले भाषाको कवितामध्ये सर्वोत्कृष्ट रचनालाई प्रदान गरिदैआएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।
इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २८ (लिब्जु–भुम्जुको १०१औं शृंखला), २०८२ वैशाख–असारमा प्रकाशित ऋषिको ‘लाम’ (बाटो) र इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क ३१ (लिब्जु–भुम्जुको १०४औं शृंखला), २०८२ माघ–चैतमा प्रकाशित कमलको ‘कवि कावा’ (कवि साथी) शीर्षक कवितालाई पुरस्कारका निम्ति चयन गरिएको छ ।
‘अज्ञात ऋषि’ नामले परिचित कवि ऋषि उदयपुरको कटारी–३ च्याँगामा २०४१ भदौ १२ गते जन्मेका हुन् । उनी आमा रत्नमाया र बुवा जंगबीर राईका जन्तरे छोरा हुन् । उनले त्रिविबाट समाजशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् । मातृभाषा वाम्बुले र नेपाली भाषामा कविता, निबन्ध, कथा विधामा कलम चलाउँदै आएका छन् । पोयट आईडल सिजन–२ का दश उत्कृष्टमध्ये एक कवि हुन् । पेसागत रूपमा पत्रकारिता राससका कटारी उदयपुर संवाददाता हुन् भने नेपाल पत्रकार महासंघ उदयपुरका निवर्तमान सहसचिवसमेत हुन् ।
उनको ‘लाम’ शीर्षक कविताले उहिले ग्रामीण बाटो साँघुरो थियो । परदेशिएकाहरू चाँडै फर्के आउँथे । आज का पुस्ता बाटो फराकिलो भएर अस्ट्रेलिया, अमेरिका, जापान जस्ता देश पुगेका छन् । बाजेबोजु, आमाबाबुको निधन हुँदासमेत फर्किआउन बिर्सेका छन् । त्यसैले आमा सूर्यलाई ढोग्दै भाकल गर्छिन्– ‘अबचाहिं योभन्दा ठूलो बाटो नबनोस् किनभने गाउँ नै शून्य भइरहेको छ ।’
यसैगरी कमल किराती नामबाट परिचित कमलकुमार राईको जन्म ओखलढुंगाको मानेभन्ज्याङ–३ सिम्काकुमा २०४५ पुस २६ गते भएको हो । उनी आमा मौलासरी र बुवा आशबहादुर राईका जेठो छोरा हुन् । उनले त्रिविबाट पत्रकारिता विषयमा स्नातक तहसम्म अध्ययन गरेका छन् । उनले कविता, कथा, निबन्ध विधामा कलम चलाउँदै आएका छन् । उनी गाउँमा रहेर आधुनिक कृषि तथा पशुपालन व्यवसायमा संलग्न छन् ।
उनको ‘कवि कावा’ शीर्षक कविताले ‘एक कवि साथी तिम्रो कवितामा गाउँ छ कि छैन । सहर पसेपछि गाउँको मतलब छैन । गाउँ फर्किन मन गर्दैन । एक गाँस मिठा खानको निम्ति भोट–मधेस भारी बोकेको, खाक्चिलुपा र रिनाखाले बाँधेको रीति मुन्दुम गर्दै आएको कुरा तिम्रो कवितामा जसरी पनि गाउँ हुनैपर्छ । लेखिनै पर्छ ।’ भनेको छ ।
नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गरेका हुन् । यो पुरस्कारबाट हालसम्म २५ जना कविहरू पुरस्कृत भएका छन् । पुरस्कारको राशि जनही पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ ।
उक्त पुरस्कार आउँदो २०८३ मंसिर २० गते ओखलढुंगाको मानेभन्ज्याङ–२ वाक्सा गाउँमा हुने २७औं वाम्बुले राई भाषाको कविता गोष्ठीमा वितरण गरिनेछ ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन