लन्डन । पछिल्लो समय बेलायतका नेपाली नर्सिङ होम व्यवसायतिर आकर्षित भएका छन् । यस क्रममा नेपालीले हालै वेल्समा नर्सिङ होम किनेका छन् । नेपाली उद्यमीहरुको एउटा समूहले वेल्सको स्वान्सीमा औरा केयर होम्स लिमिटेड सञ्चालन गरेको हो । २२ बेडको उक्त नर्सिङ होम मानसिक स्वास्थ्य र डिमेन्सिया विरामीको रेखदेखका लागि प्रख्यात छ । उक्त व्यवसायले करिब ४० जनालाई रोजगारी दिएको सञ्चालकले जानकारी दिए ।
नर्सिङ होमका निर्देशक प्रभु न्यौपानेले यो आफ्नो समूहको पहिलो ‘भेन्चर’ भएपनि भविष्यमा विस्तार गरिंदै लाने बताए । उच्च लगानी र ‘कम्प्लाइन्स’ का कारण यो व्यवसायमा चुनौति पनि रहेको न्यौपानेले बताए । नयां व्यवसायको व्यवस्थापन उनले नै हेरेका छन् ।
बेलायती विश्वविद्यालयबाट एमबीए ग्रयाजुएट न्यौपाने विगत १२ वर्षदेखि यही क्षेत्रमा कार्यरत छन् । उनको आफ्नै ‘रिक्रुटमेन्ट’ व्यवसाय पनि छ । नेपलिज ब्रिटिश कम्युनिटी यूकेका सदस्य प्रभु आसन्न एनआरएनए यूके निर्वाचनमा सदस्य पदका उम्मेदवार हुन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते