
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको यही १४ सेप्टेम्बर आसन्न निर्वाचनमा मिडिया प्रचारबाजी ह्वात्तै बढेको छ । निर्वाचनका प्रत्यासीहरु चुनावको मिति नजिकिदै जाँदा आ-आफ्ना प्रचार सामाग्रीसहित मिडियामा छाएका हुन् ।
नेपाली समुदायवीच लोकप्रिय मिडियामा छाउन एनआरएनए यूके अध्यक्षका उम्मेदवारहरुदेखि सदस्यसम्म मरिहत्ते गरिरहेका छन् ।
हाल मिडियामा छाउनेहरुले आफ्ना चुनावी एजेण्डा भन्दा जन्मस्थल, राम्रा गाडी खरिद र राम्रो व्यापार गरेको सस्तो प्रचारमा प्राय व्यस्त देखिन्छन् । कतिपय उम्मेदवारले व्यवसाय गर्नु र संस्थामा सल्लाहकार हुनुलाई नै पहिलो उपलब्धि मानेका छन् । एजेण्डा भन्दा पनि पत्रकारसँग व्यक्तिगत सम्बन्धका आधारमा एउटै सामग्री सबै मिडियामा छपाउने उम्मेदवारहरु एनआरएनए यूकेमा बढी देखिन थालेका छन् । जसका कारण मिडियाहरु सूचना मूलकभन्दा पनि प्रचार सामग्रीका रुपमा देखा पर्न थाल्नु चिन्ताको बिषय हो ।
पत्रकारले पनि एनआरएनए यूके हाँक्न कस्ता कस्ता ब्यक्तिले उम्मेदवारी दिएका छन् त्यस्ता बिषयमा लेख्न खोज्नुको सट्टा निकट उम्मेदवारको बिषयमा बढाईचढाई हैसियत भन्दा धेरै लेख्नमा समय खर्चिएका छन् । यसलाई हामी पत्रकारले पनि सच्याउनै पर्छ ।
निर्वाचन नजिकिदै गर्दा केही उम्मेवारले आफ्नो प्रशंसा गर्दै ‘रोलमोडल’ का रुपमा उभ्याएका छन् । विगतको लज्जाजनक हारलाई चटक्कै विर्सेर नेपाली सोसाइटी नै मेरो नियन्त्रणमा छ भन्ने भ्रम सिर्जना गरिरहेका छन् उनीहरु । मिडियामा छाएका मात्र हुन् कि नेपाली समुदायमै उनीहरुको राम्रो हैसियत छ, त्यो थाहा पाउन १४ सेप्टेम्बर कुर्नैपर्छ ।
एकथरी, समाजमा आफ्नो प्रभाव रहेको भ्रम छर्दै चलखेलमा व्यस्त छन् । सीमित संख्यामा रहेका नेपाली समुदायमा जनमतबाट आफूलाई स्थापित गर्न जीवनकालमा असफल रहेका मध्ये केहीले अब ‘फलानोलाई मैले जिताउँछु’ भन्दै चिया पसलमा गफ दिन थालेका छन् । जीन्दगीभर अर्काको पछि दगुर्ने र दुई चार पैसा आम्दानी गर्नमै व्यस्त मध्येका केही त्यस्ता व्यक्तिहरुलाई बर्षभरि नै निर्वाचन चाहिएको छ । जस्ले दैनिक जीवनका आवश्यकता पूरा गर्न सहयोग होस् ।
अर्कागरी, निर्वाचनमार्फत विदेशस्थित नेपाली समुदायमा प्रभाव देखाउने र अर्काकै पछि लागेर पदको टिका लगाउने अनुहारहरु यसलाई उपयोग गर्न चाहन्छन् । यस्ता कार्यबाट पत्रकारले आफूलाई जोगाई सत्य तथ्य समाचार सप्रेषण गर्नुपर्छ । नत्र, मिडिया एउटा प्रयोगको साधन बन्ने खतरा रहन्छ ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक