लन्डन । बेलायतवासी गजलकार नृपेश उप्रेती एक पटक फेरि मिडियामा छाएका छन् । उप्रेतीको रचना तथा संगीत रहेको ‘तिम्रो खुशीमा’ को म्यूजिक भिडियो सार्वजनिक भएसंगै पत्रकार समेत रहेका उप्रेतीको चर्चा चुलिएको हो ।
‘तिम्रो खुशीमा’ गीत हाल केही चर्चित गीतहरुको कभर गाएर भाइरल बनेकी गायिका एलिना चौहानले गाएकी हुन् । ‘इन्स्टाको फोटो’ र ‘तिम्रो मायाले बांधेर राख’ जस्ता गीतहरुको कभर पछि एलिना चर्चाको शिखरमा छिन् । ‘तिम्रो खुशीमा’ एलिनाको पहिलो म्यूजिक भिडियो हो ।
‘तिम्रो खुशीमा’ का गीतकार तथा संगीतकार नृपेश उप्रेती हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका हुन् । बेलायतमा बसेर गीत गजल लेखनमा लामो समय देखि सक्रिय उप्रेती आफ्नै शब्दमा कहिलेकाहीं संगीत भर्ने पनि गर्छन् । यसअघि उनीद्वारा संगीतवद्व ‘बरिलै’ बोलको गीत निकै मन पराइएको थियो जसलाई ‘नेपाल आइडल- २’ का सहभागी गायक कृशल कंडेल र मीनराज पौडेलले गाएका थिए ।
खुशी इन्टरटेनमेन्टको प्रस्तुति ‘तिम्रो खुशीमा’ को भिडियो शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका हुन् । शक्ति प्रज्वल भिडियो सम्पादनको क्षेत्रमा सक्रिय र स्थापित नाम हो । ‘तिम्रो खुशीमा’ को म्यूजिक भिडियोमा नायिका रिचा थापा र मोडल सुदिप न्यौपाने रोमान्टिक भूमिकामा देखिएका छन् । नायिका रिचाको पहिलो चलचित्र ‘लव यू हमेसा’ यतिबेला रिलिजको तयारीमा छ भने सुदिप टिकटक स्टार हुन् । कथानक पक्षलाई विशेष जोड दिइएको यस भिडियोमा अस्मिता बिक र मोहन आचार्यलाई पनि महत्त्वपूर्ण भूमिकामा देख्न सकिन्छ ।
स्वयं निर्देशक शक्ति प्रज्वलले ‘तिम्रो खुशीमा’ को सम्पादन कलरिङ गरेका छन् भने यसमा छायांकन नमराज घिमिरे र नृत्य निर्देशन प्रबिन थापाको छ । ‘तिम्रो खुशीमा’ को म्यूजिक भिडियो हवाइट मिडिया प्रालिले निर्माण गरेको हो ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते