लन्डन । एनआरएनए यूकेका पन्जिकृत सदस्यहरुको पहिलो नामावली सार्वजनिक गरिएको छ । आइतबार सांझ ५ बजे सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो । संघले १३ हजार ३ सय ५ सदस्य स्वीकृत भएको जनाएको छ । एनआरएनए यूकेको सदस्यताका लागि १३ हजार ८ सय ९० जनाले आवेदन दिएका थिए ।
संघका अनुसार, आवश्यक कागजात, तस्विर, शुल्क लगायत प्रक्रिया नपुगेका ५ सय ३८ सदस्यता स्वीकृत भएन तर रित नपुगेका सदस्यहरुलाई आवश्यक कागजात बुझाउन अगष्ट १३, दिउसो १ बजेसम्म समयसीमा तोकिएको छ ।
उक्त समयसीमाभित्र आवश्यक प्रक्रिया पुरा गर्नेको सदस्यता आवेदन स्वीकृत गरिने संघले जनाएको छ । १३ अगष्ट दिउसो ३ बजेसम्म नामावली सच्चाउने एवं थप कागजात बुझाउने, १४ अगष्ट सांझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउसो ३ बजेसम्म मतदाता नामावलीउपर दावी विरोध र सोही दिन सांझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
निर्वाचन समितिका अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएनए यूके निर्वाचनका लागि उम्मेदवारी दर्ता अगष्ट १८ तारिख आइतबार हुनेछ ।
(पहिलो मतदाता नामावली हेर्न तल लिंकमा क्लिक गर्नुहोस्)
नाम खोज्न कन्ट्रोल एफ (Ctrl F) थिच्नुहोस्
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते