लन्डन । एनआरएनए यूकेका पन्जिकृत सदस्यहरुको पहिलो नामावली सार्वजनिक गरिएको छ । आइतबार सांझ ५ बजे सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो । संघले १३ हजार ३ सय ५ सदस्य स्वीकृत भएको जनाएको छ । एनआरएनए यूकेको सदस्यताका लागि १३ हजार ८ सय ९० जनाले आवेदन दिएका थिए ।
संघका अनुसार, आवश्यक कागजात, तस्विर, शुल्क लगायत प्रक्रिया नपुगेका ५ सय ३८ सदस्यता स्वीकृत भएन तर रित नपुगेका सदस्यहरुलाई आवश्यक कागजात बुझाउन अगष्ट १३, दिउसो १ बजेसम्म समयसीमा तोकिएको छ ।
उक्त समयसीमाभित्र आवश्यक प्रक्रिया पुरा गर्नेको सदस्यता आवेदन स्वीकृत गरिने संघले जनाएको छ । १३ अगष्ट दिउसो ३ बजेसम्म नामावली सच्चाउने एवं थप कागजात बुझाउने, १४ अगष्ट सांझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउसो ३ बजेसम्म मतदाता नामावलीउपर दावी विरोध र सोही दिन सांझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
निर्वाचन समितिका अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएनए यूके निर्वाचनका लागि उम्मेदवारी दर्ता अगष्ट १८ तारिख आइतबार हुनेछ ।
(पहिलो मतदाता नामावली हेर्न तल लिंकमा क्लिक गर्नुहोस्)
नाम खोज्न कन्ट्रोल एफ (Ctrl F) थिच्नुहोस्
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?