लन्डन । गैरआवासीय नेपाली संघ बेलायतमा नयाँ नेतृत्व आउन पाँच साता वाँकी रहँदा आ-आफ्नो पक्षमा जनमत जुटाउन अध्यक्षका दावेदार लागेका छन् । एनआरएनए यूकेका उपाध्यक्ष शेर सुनार र अर्की उपाध्यक्ष पुनम गुरुङसहित अध्यक्षका दावेदारहरु चुनावी मैदानमा छन् । उपाध्यक्षहरु प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपानेले पनि मैदान छाडेका छैनन् ।
उपाध्यक्ष गुरुङ आँफैले संकलन गरेर सात हजार सदस्य बुझाएको बजार हल्ला मान्ने हो भने निर्वाचन नै नगरि अध्यक्षमा गुरुङलाई टिका लगाइदिए हुन्छ । तर, बजार हल्ला छाडेर यथार्थको धरातलमा उभिने हो भने सदस्यता संख्याका आधार फरक देखिन्छ । एनआरएनए यूकेको कानूनले एक जनाले एक सय भन्दा बढी पंजीकृत सदस्यका लागि आवेदन फारम बुझाउन पाउने छैन् । यद्यपि, हामीले एनआरएनए यूकेको निर्वाचनका पक्ष वा विपक्षमा नलागी यथार्थ केलाउने प्रयास गरेका हौं ।
उपाध्यक्ष पुनम गुरुङले ७ हजार पंजिकृत सदस्यता फारम बुझाइन् भनेर बेलायतस्थित एक अनलाइनले ‘हावादारी’ खवर छाप्यो । कतिले पत्याए वा पत्याएनन् हामी त्यता जान चाहंदैनौँ । सरसर्ती हेर्दा अध्यक्ष प्रत्यासी गुरुङले करिब ४ हजार पंजीकृत सदस्य फाराम बुझाएको देखिन्छ । त्यसवाहेक उनले अनौपचारिक रुपमा आफ्नो प्यानलमा महासचिव पदमा अघि सारिएका फडिन्द्र भट्टराईले १ हजार र वाँकी मिडल्याण्डका मत जोडेर ७ हजार दावी गरेको देखिन्छ । गुरुङका ४ हजार, भट्टराईका १ हजार र मिडल्याण्डका करिब २ हजार जोडेर ७ हजार संख्या दावी गरेको आकलन गर्न असहज छैन ।
तथ्य केलाउने हो भने बजारमा हल्ला चलाए जस्तो ७ हजार सदस्यता गुरुङ एक्लैले बुझाएको देखिदैन् । एकतिर कानूनत प्यानल घोषणा गर्न मिल्दैन । अर्को, गुरुङ र भट्टराईले प्यानल तय गरे जस्तै मतदाताले मत दिन्छन् कि दिदैँनन् त्यो थाहा पाउन निर्वाचन कुर्नै पर्छ । गत निर्वाचनको मतपरिणाम हेर्ने हो एनआरएनए यूके अध्यक्षमा पराजित कृष्ण तिमल्सेनालाई जस्तो मिडल्याण्डबाट एकै व्यक्तिलाई भोट जाने देखिदैन । यसपटक आइसीसी सदस्यदेखि एनसीसी सदस्यसम्म मिडल्याण्डवासीले सामूहिक उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका दावेदार सुनार र गुरुङमध्ये को कसको प्यालनमा लाग्छन् त्यो मिडल्याण्डकै स्वार्थमा भरपर्छ ।
पदीय जिम्मेवारी पुरा गर्नेमा अध्यक्षका दावेदार तथा १० हजार पंजिकृत सदस्यता अभियानका संयोजक सुनार परेका छन् । एनआरएनए यूकेको सदस्य संख्या १० हजार पुर्याउने योजना बर्तमान अध्यक्ष योगकुमार फगामीले ल्याएका थिए । जसको जिम्मेवार सुनारले पाए । हाल एनआरएनए यूकेको पंजिकृत सदस्य संख्या १३ हजार ८ सय ९० पुगेको छ । विश्भर ८० मुलुकमा रहेको एनआरएनए मध्ये बेलायत ठूलो हुनु सवैका लागि गर्वको कुरा हो ।
अध्यक्षमै दावी गरेका सुनारले पनि ४ हजारकै हाराहारीमा पंजिकृत सदस्यको फाराम बुझाएको देखिन्छ । उनले पनि अर्का अध्यक्षका आकांक्षी प्रेम गाहामगरले दावी गरेका करिब १ हजार ५ सय तथा मिडल्याण्डका १ हजार ५ सय मत जोडेर सात हजार पुगेको दावी गरेका छन् । सुनारको अपेक्षालाई हेर्दा दुईवटा प्रश्न जन्मिन्छ । एउटा गाहामगरले सहयोग गर्छन् कि गदैनन् ? अर्काे मिडल्याण्डवासी कुन प्यानलमा लाग्छन् । यसले सुनारको भाग्यको फैसला गर्छ ।
अर्का अध्यक्षका प्रत्यासी गाहामगरसँग प्राय युवा मतदाता छन् । गाहामगले आफ्नो क्यापेनिङ अफिसबाट ३ हजार ५ सय भन्दा बढि सदस्यता आवेदन पठाइएको र त्यसै गरि युवाहरूमार्फत ९ सय, केन्ट अफिसबाट ४ सय भन्दा बढी सदस्यता बुझाइएको दावी गरेका छन् । उनले यूवालाई एनआरएनए यूकेमा सदस्यता लिन प्रोत्साहित गर्ने काम गरेका छन् । गुल्मी जिल्ला घर भएका गाहामगरले मिडल्याण्डमा आफ्नो विशेष क्षेत्र भएको दावी गर्दै आएका छन् । उनको भनाई साँचो मान्ने हो भने अध्यक्ष प्रत्यासी गुरुङको दावी मेल खाँदैन ।
अर्की अध्यक्ष प्रत्यासी राई १ हजार जति पंजिकृत सदस्य लिएर मैदानमा ओर्लिएकी छिन् । राई अन्तिम दिनसम्म मैदानमा रहन्छिन् कि कसैलाई समर्थन गरेर अरु कुनै पदमा जान्छिन्, त्यो हेर्न उम्मेदवारी दर्तासम्म पर्खनै पर्छ । अर्का दावेदार न्यौपाने सबै भन्दा थोरै सदस्यता बनाउनेमा पर्छन् । जसका कारण उनको बजार हल्ला कम हुदै गएको महशुस सबैले गरेका छन् । सबै उम्मेदवारको दावी हेर्दा १३ हजार ८ सय ९० संख्या भन्दा बढी देखिन्छ ।
अध्यक्षका प्रत्यासी प्रेम गाहामगरले समाचारमा ब्यक्त तथ्याँकप्रति असहमति जनाउंदै तलको भिडियोमार्फत आफ्नो धारणा राखेका छन् । हेरौं उनी के भन्छन् –
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक