लन्डन । एनआरएनए केन्द्रिय निर्वाचन आउन करिब ९ साता बांकी रहंदा अध्यक्षका सशक्त प्रत्यासी कुल आचार्यले आफ्नो अभियानलाई तीव्रता दिएका छन् । औपचारिक घोषणा बांकी रहेपनि वर्तमान उपाध्यक्ष आचार्यले विश्वभरका गैर आवासीय नेपाली र सञ्चारकर्मीहरुसंग परामर्श थालेका हुन् ।
राष्ट्र प्रमुखहरुले कुनै निर्णय अघि पत्रकारहरु बोलाएर परामर्श लिए जस्तै शैलीमा लन्डनका सफल व्यवसायी आचार्यले बुधबार सांझ बेलायतमा क्रियाशिल पत्रकारहरुसंग सुझाव मागे । यहां सक्रिय करिब ९५ प्रतिशत पत्रकारहरुमाझ उनले एनआरएनको आगामी नेतृत्वका लागि आफू आकांक्षी भएको दोहोरयाए । ‘कुल आचार्यले बोलेको कुरा कहिल्यै फिर्ता लिंदैन र म असफल भएको इतिहास पनि छैन्’, बडो आत्मविश्वासका साथ प्रस्तुत भएका आचार्यले अगाडि भने, ‘न यो मेरो बार्गेनिङ हो, न मलाई संस्थाको नेतृत्व लिएर आफ्नो वैयक्तिक र व्यवसायिक लाभ लिनुछ । मेरो इच्छा एनआरएनए नेतृत्वमार्फत नेपालको समृद्धि र नेपालीकै भलाइका लागि हो ।’
एनआरएनए अभियानमा डेढ दशकदेखि निरन्तर सक्रिय आचार्य एनआरएनए यूकेको सदस्य, उपाध्यक्ष, अध्यक्ष, युरोप संयोजक हुंदै वर्तमान केन्द्रिय उपाध्यक्ष छन् । ‘६ पटक निर्वाचन हुंदा मैले अहिलेसम्म असफलता बेहोरेको छैन्’, उनले भने, ‘तपाईं पत्रकारसाथीहरुको पूर्ण साथ, समर्थन र विश्वभरका गैर आवासीय नेपालीको दवावले पनि यसपटक म पछि हट्ने अवस्था रहेन ।’

बन्द कोठाभित्र केही व्यक्तिको आशीर्वादमा नेतृत्व लिने परिपाटीको कडा विरोध गर्दै आचार्यले प्रजातान्त्रिक प्रक्रियाबाटै अबको नेतृत्व आउनुपर्ने र यसमा हार जित गौण हुने बताए । औपचारिक उम्मेदवारी घोषणा अघि नै ‘लाइमलाइट’ मा आएका आचार्यले आफू विरुद्ध भ्रम फैलाउनेहरुलाई शुभकामना दिंदै यसले आफ्नो आत्मबल अझ बढेको पनि सुनाए ।
गैर आवासीय नेपालीको साझा मुद्दा रहेको नेपाली नागरिकता निरन्तरता, लगानी अभिवृद्धि, कल्याणकारी काम, सीप हस्तान्तरण पहल, आर्थिक समृद्धि जस्ता प्रमुख विषय आफ्नो प्राथमिकतामा रहेको जनाउंदै आचार्यले विस्तृत एजेण्डा एनसीसीका निर्वाचनहरु सकिएपछि औपचारिक घोषणासभामार्फत गर्ने योजना पनि सुनाए । आचार्यले पत्रकारहरुमाझ आफू सधैं ‘लर्निङ बाइ डुइङ’ मान्यता अनुशरण गर्ने बताउंदै आफ्ना केही गल्ती कमजोरी भए इमान्दारीसाथ बाहिर ल्याइदिन पनि अपिल गरे ।
भेटघाटमा नेपाल पत्रकार महासंघ बेलायतका पदाधिकारीहरुको उल्लेख्य सहभागिता थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, वरिष्ठ उपाध्यक्षद्वय श्याम लुईंटेल, ध्रुवराज अर्याल, महासचिव सञ्जय कंडेल, सचिव शिव भण्डारी, सल्लाहकारहरु भगिरथ योगी, फडिन्द्र भट्टराई, नवीन पोखरेल साथै अन्य पत्रकारहरु खुशी लिम्बु, बाचस्पति रेग्मी, एभरेष्ट गौतम, नारायण गाउंले, जगन कार्की, दिनेश परियार, मन्जु भण्डारी, विनय अधिकारी, उमेश मोक्तान, सुरज कार्की, सुरज पौडेल, प्रकाश कंडेल लगायतले आचार्यलाई शुभकामना दिंदै एनआरएनएको जननी देशबाटै केन्द्रिय नेतृत्वको ऐतिहासिक अवसर जुराउन आफूहरुबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमका कतिपय सहभागीले आचार्य ‘ग्रासरुट’ बाट संघर्ष गर्दै सफलताको शिखर चुमेको एउटा सरल, इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवारीप्रति निष्ठावान भन्दै आगामी नेतृत्वका लागि लायक उम्मेदवार भएको धारणा राखेका थिए ।
तस्विर- शिव भण्डारी
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक