रोम । लगानी र पर्यटन प्रवर्धनको लक्ष्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीमा सुरु भएको छ । युरोप क्षेत्रमा रहेका एनआरएनएका २८ वटा राष्ट्रिय समन्वय परिषदहरुको सहभागिता रहेको दुई दिने बैठक आजदेखि सुरु भएको हो।
इटालीको रोममा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गैर आवासीय नेपालीहरुलाई नेपालको सद्भावना दूत भन्दै उनीहरुको योगदानको प्रशंसा गरे । उनले सरकार लगानी भित्रयाउन प्रतिबद्ध रहेको भन्दै गैर आवासीय नेपालीहरुलाई लगानी तथा पर्यटक भित्रयाउन सहयोग गर्न आग्रह गरे।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गैर आवासीय नेपालीहरु नेपाल र युरोपबीच पूल भएको बताए। उनले नेपालले युरोपबाट सिक्नु पर्ने कुरा धेरै रहेको भन्दै मानव अधिकार, प्रेस स्वतन्त्रताको क्षेत्रमा नेपाल पछाडि फर्कन लागेको हो कि भन्ने आशंका व्यक्त गरे ।
गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, डा शेष घले लगायतका वक्ताले युवा र महिलालाई बढी सक्रिय बनाउंदै संघलाई अगाडि बढाउन आह्वान गरे ।
बैठकमा नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे छलफल, युरोप क्षेत्रका लागि छुट्टै राहत कोष लगायतका विषयहरुमा छुट्टाछुट्टै छलफल हुनेछ।
बैठकमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा, फ्रान्सका दीपक अधिकारी, जर्मनीका रमेशप्रसाद खनाल, डेनमार्कका युवनाथ लक्साल, अष्ट्रियाका प्रकाश कुमार सुबेदी र रसियाकालागि नेपाली राजदूत ऋषिराम घिमिरेको उपस्थिति छ ।
यस्तै स्वीट्जरल्याण्डबाट उपनियोगप्रमुख तीर्थराज वाग्ले, स्पेनबाट कार्यबाहक राजदूत हरिहरकान्त पौडेल र बेलायतस्थित नेपाली दूतावासबाट द्वितीय सचिव लव सुवेदी उपस्थित छन् ।
गत शुक्रबार बेलुका ‘नेपाल भ्रमण वर्ष-२०२०’ युरोपको शुभारम्भ गरिएको थियो । कार्यक्रममा इटलीका पर्यटन व्यवसायी, कूटनीतिक अधिकारी तथा युरोपमा बसिरहेका गैरआवासीय नेपालीहरुको उपस्थिति थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते