
प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेबीच संयुक्त राष्ट्र सङघको मुख्यालयमा भेटवार्ता हुँदै । फाइल तस्विर- रासस
लन्डन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको औपचारिक भ्रमणमा आउने तय भएको छ । १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण तय भएको हो । यसअघि सन् २००२ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आएका थिए ।
बेलायती प्रधानमन्त्री टेरेजा मेको निमन्त्रणामा प्रधानमन्त्री ओली बेलायत आउन लागेका हुन् । मेले रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टर गत मार्चमा नेपाल भ्रमण जांदा समकक्षी ओलीलाई बेलायत भ्रमणको औपचारिक निमन्त्रणा पठाएकी थिइन् । बेलायती प्रधानमन्त्री मेले जुन ७ तारिख पदबाट राजिनामा दिने घोषणा गरेसंगै बेलायतमा राजनीतिक अस्थिरताबीच ओलीको भ्रमण हुन लागेको हो ।
प्रधानमन्त्री ओली र मेबीच ११ तारिख बिहान भेटवार्ता तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । ‘बेलायत नेपाल द्विपक्षीय हित, सम्बन्ध र सहयोगबारे नै वार्ता हुनेछ’, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले भने, ‘यस भ्रमण दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन कोशेढुंगा हुने विश्वास गरिएको छ ।’
ओलीले अन्य बेलायती पदाधिकारीहरुसंग समेत भेटवार्ता गर्नेबारे गृहकार्य भइरहेको आरणले जनाए ।
जेनेभामा आइएलओ सम्मेलन सकेर प्रधानमन्त्री ओली १० जुनमा लन्डन आइपुग्ने कार्यक्रम छ । त्यही सांझ ओलीले अक्सफोर्ड विश्वविद्यालयले साढे ८ बजे अक्सफोर्डमा गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने छन् । प्रधानमन्त्री ओली १२ जुन बिहान ८.३० बजे दूतावासले गर्ने रिसेप्सनमा समेत सहभागी हुनेछन् भने आन्दोलनरत भूतपूर्व गोर्खाहरु र नेपाली समुदायसंग समेत अन्तरक्रिया गर्ने तयारी छ ।
बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा बेलायती प्रधानमन्त्रीले भने अहिलेसम्म नेपाल भ्रमण गरेका छैनन् । हरेक बेलायती प्रधानमन्त्री छिमेकी भारत जाने गरेपनि नेपाल चाहिं नपुग्नु दुःखद भएको यहांको नेपाली डायस्पोराको गुनासो छ ।
बेलायतपछि ओली १२ जुनमा फ्रान्स जाने जनाइएको छ । इकान्तिपुर
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग