
प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेबीच संयुक्त राष्ट्र सङघको मुख्यालयमा भेटवार्ता हुँदै । फाइल तस्विर- रासस
लन्डन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको औपचारिक भ्रमणमा आउने तय भएको छ । १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण तय भएको हो । यसअघि सन् २००२ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आएका थिए ।
बेलायती प्रधानमन्त्री टेरेजा मेको निमन्त्रणामा प्रधानमन्त्री ओली बेलायत आउन लागेका हुन् । मेले रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टर गत मार्चमा नेपाल भ्रमण जांदा समकक्षी ओलीलाई बेलायत भ्रमणको औपचारिक निमन्त्रणा पठाएकी थिइन् । बेलायती प्रधानमन्त्री मेले जुन ७ तारिख पदबाट राजिनामा दिने घोषणा गरेसंगै बेलायतमा राजनीतिक अस्थिरताबीच ओलीको भ्रमण हुन लागेको हो ।
प्रधानमन्त्री ओली र मेबीच ११ तारिख बिहान भेटवार्ता तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । ‘बेलायत नेपाल द्विपक्षीय हित, सम्बन्ध र सहयोगबारे नै वार्ता हुनेछ’, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले भने, ‘यस भ्रमण दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन कोशेढुंगा हुने विश्वास गरिएको छ ।’
ओलीले अन्य बेलायती पदाधिकारीहरुसंग समेत भेटवार्ता गर्नेबारे गृहकार्य भइरहेको आरणले जनाए ।
जेनेभामा आइएलओ सम्मेलन सकेर प्रधानमन्त्री ओली १० जुनमा लन्डन आइपुग्ने कार्यक्रम छ । त्यही सांझ ओलीले अक्सफोर्ड विश्वविद्यालयले साढे ८ बजे अक्सफोर्डमा गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने छन् । प्रधानमन्त्री ओली १२ जुन बिहान ८.३० बजे दूतावासले गर्ने रिसेप्सनमा समेत सहभागी हुनेछन् भने आन्दोलनरत भूतपूर्व गोर्खाहरु र नेपाली समुदायसंग समेत अन्तरक्रिया गर्ने तयारी छ ।
बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा बेलायती प्रधानमन्त्रीले भने अहिलेसम्म नेपाल भ्रमण गरेका छैनन् । हरेक बेलायती प्रधानमन्त्री छिमेकी भारत जाने गरेपनि नेपाल चाहिं नपुग्नु दुःखद भएको यहांको नेपाली डायस्पोराको गुनासो छ ।
बेलायतपछि ओली १२ जुनमा फ्रान्स जाने जनाइएको छ । इकान्तिपुर
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’