लन्डन । बेलायतका प्राय स्टेजमा गाइरहने गायक मनसुधन थापा मगर र गायिका रेनु रिलामी मगरको ’रौसी..’ बोलको नयां लोकगीतमा म्यूजिक भिडियो बनेको छ । गायक थापा स्वयंको युट्युव च्यानलमार्फत बिहीबार भिडियो सार्वजनिक गरिएको हो । गीतमा शब्द/संगीत श्रीकृष्ण बम मल्लको छ ।
लन्डनको भर्जिनिया वाटर वरपर एक दिनमा छायांकन सकेर हप्ता दिनमै भिडियो रिलिज भएको छायांकन, सम्पादन एवं निर्देशनको अभिभारा लिएका कुशल श्रेष्ठले जनाए । ‘मलाई यो चुनौति सामना गर्न धेरै अघिदेखि इच्छा थियो’, श्रेष्ठले भने, ‘किनकि यति छिटो भिडियो बनाउन विदेशी भूमिमा सहज थिएन् ।’
महिला मोडलहरुले मौलिक नेपाली पहिरन र गरगहना लगाएर अभिनय गरिरहंदा छेउमा तस्विर खिच्ने विदेशीहरुको कमी थिएन । निर्देशक श्रेष्ठले लालीगुरांसले ढकमक्क ढाकिएको छायांकनस्थल देख्दा नेपालमै कतै सुटिङ भएजस्तो भान भएको बताए ।
म्यूजिक भिडियोमा कलाकारहरु प्रभु गुरुङ, सुवास गुरुङ, मनसुधन थापा मगर, पुष्पा गुरुङ, मोलिका गुरुङ र सलिना थापा मगरले अभिनय गरेका छन् भने कोरियोग्राफी बेलायतमा सक्रिय एकजना युवा सर्जक प्रभु गुरुङको छ । सह-छायांकन सुसन नकर्मी र कलर संयोजन नवीन निरौलाले गरेका हुन् । पोष्ट प्रोडक्सन के.के. फिल्म्स् एण्ड मिडिया, लण्डनको छ ।
गायक थापाले हालसम्म करिब तीन दर्जन गीत गाइसकेका छन् भने झण्डै ५० वटा गीतमा मोडलिङ गरेका छन् । फिल्म ‘प्रतिबिम्ब’ मा त उनी मुख्य हिरो थिए । बेलायत आउनु अघि मनसुधनले सगरमाथा टिभीमा समाचार प्रस्तोता तथा रिपोर्टर भएर करिब ६ वर्ष काम गरेका थिए ।
भिडियो हेर्नुहोस्-
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै