लन्डन । बेलायतका प्राय स्टेजमा गाइरहने गायक मनसुधन थापा मगर र गायिका रेनु रिलामी मगरको ’रौसी..’ बोलको नयां लोकगीतमा म्यूजिक भिडियो बनेको छ । गायक थापा स्वयंको युट्युव च्यानलमार्फत बिहीबार भिडियो सार्वजनिक गरिएको हो । गीतमा शब्द/संगीत श्रीकृष्ण बम मल्लको छ ।
लन्डनको भर्जिनिया वाटर वरपर एक दिनमा छायांकन सकेर हप्ता दिनमै भिडियो रिलिज भएको छायांकन, सम्पादन एवं निर्देशनको अभिभारा लिएका कुशल श्रेष्ठले जनाए । ‘मलाई यो चुनौति सामना गर्न धेरै अघिदेखि इच्छा थियो’, श्रेष्ठले भने, ‘किनकि यति छिटो भिडियो बनाउन विदेशी भूमिमा सहज थिएन् ।’
महिला मोडलहरुले मौलिक नेपाली पहिरन र गरगहना लगाएर अभिनय गरिरहंदा छेउमा तस्विर खिच्ने विदेशीहरुको कमी थिएन । निर्देशक श्रेष्ठले लालीगुरांसले ढकमक्क ढाकिएको छायांकनस्थल देख्दा नेपालमै कतै सुटिङ भएजस्तो भान भएको बताए ।
म्यूजिक भिडियोमा कलाकारहरु प्रभु गुरुङ, सुवास गुरुङ, मनसुधन थापा मगर, पुष्पा गुरुङ, मोलिका गुरुङ र सलिना थापा मगरले अभिनय गरेका छन् भने कोरियोग्राफी बेलायतमा सक्रिय एकजना युवा सर्जक प्रभु गुरुङको छ । सह-छायांकन सुसन नकर्मी र कलर संयोजन नवीन निरौलाले गरेका हुन् । पोष्ट प्रोडक्सन के.के. फिल्म्स् एण्ड मिडिया, लण्डनको छ ।
गायक थापाले हालसम्म करिब तीन दर्जन गीत गाइसकेका छन् भने झण्डै ५० वटा गीतमा मोडलिङ गरेका छन् । फिल्म ‘प्रतिबिम्ब’ मा त उनी मुख्य हिरो थिए । बेलायत आउनु अघि मनसुधनले सगरमाथा टिभीमा समाचार प्रस्तोता तथा रिपोर्टर भएर करिब ६ वर्ष काम गरेका थिए ।
भिडियो हेर्नुहोस्-
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते