
लन्डन । बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यस पटक ४२ टिमबीच भिडन्त हुने भएको छ । आउंदो आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १७ औं प्रतियोगितामा ३२ मेन र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने आयोजक तमुधिं यूकेले आईतवार पत्रकार सम्मेलन गरि जनाएको हो ।
प्रतियोगिता हेर्न करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ । प्रतिष्पर्धाका लागि हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड र हङकङबाट समेत टिमले सहभागिता जनाउने भएका छन् ।
करिब ६५ लाख रुपैयां खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमले २५ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । टप स्कोरर, वेष्ट प्लेयरका लागि पनि पुरस्कारको विशेष व्यवस्था छ ।
तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले गोर्खा कप नेपाली समुदायबीच एकताको सन्देश दिने एउटा मुख्य इभेन्ट भएको बताए । उनले आयोजक तमुधिं यूके भएपनि इभेन्ट सबै नेपालीको साझा भएको बताउंदै यसले नेपाली युवा खेलाडीलाई अवसर प्रदान साथै नेपाली कला, संस्कृति, खाना, भेषभुषाको समेत प्रवर्धन गर्ने जनाए ।
गोर्खा कप हेर्न बेलायतभरबाट नेपाली ओइरिन्छन् । कतिपयले यसलाई डेटिङ स्पटका रुपमा समेत व्याख्या गर्ने गरेका छन् । स्थानीय रसमोर बरो काउन्सिलले उक्त इभेन्टलाई आफ्नो वार्षिक क्यालेन्डरमै राखेको छ । खाना तथा हस्तकलाका स्टल, एफए कप डिस्प्ले, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति कार्यक्रमका थप आकर्षण हुन् । ४२ हस्तकला र १० खानाको स्टल रहने आयोजकले जनाएका छन् । निशुल्क स्वास्थ शिविर समेत हुनेछ । टिकेटमा एक तोला सुनको पुरस्कार छ ।

कार्यक्रम संयोजक क्याप्टेन पिताम्बर गुरुङले खेलमा स्वास्थ्य तथा सुरक्षालाई विशेष प्राथमिकता दिइएको जानकारी दिए । स्थानीय प्रहरी, सुरक्षा गार्ड र स्वयंसेवक गरि करिब एकसय जनाले खेल स्थानलाई सुरक्षा दिने छन् ।
उक्त अवसरमा टिम र खाना स्टलको ‘ड्र’ गरिएको थियो । उपाध्यक्ष हितकाजी गुरुङले तमुधिं यूकेले गरेपनि गोर्खा कप बेलायतबासी सबै नेपालीको साझा कार्यक्रम रहेको भन्दै सफल पार्न आव्हान गरे ।
पत्रकार सम्मेलनमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ, रामचन्द्र (सुर्जे) गुरुङ र कमल गुरुङ, सहारा युके अध्यक्ष कुमार गुरुङसहित कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति थियो ।
तस्बिर- शिव भण्डारी
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?