
लन्डन । बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यस पटक ४२ टिमबीच भिडन्त हुने भएको छ । आउंदो आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १७ औं प्रतियोगितामा ३२ मेन र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने आयोजक तमुधिं यूकेले आईतवार पत्रकार सम्मेलन गरि जनाएको हो ।
प्रतियोगिता हेर्न करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ । प्रतिष्पर्धाका लागि हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड र हङकङबाट समेत टिमले सहभागिता जनाउने भएका छन् ।
करिब ६५ लाख रुपैयां खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमले २५ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । टप स्कोरर, वेष्ट प्लेयरका लागि पनि पुरस्कारको विशेष व्यवस्था छ ।
तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले गोर्खा कप नेपाली समुदायबीच एकताको सन्देश दिने एउटा मुख्य इभेन्ट भएको बताए । उनले आयोजक तमुधिं यूके भएपनि इभेन्ट सबै नेपालीको साझा भएको बताउंदै यसले नेपाली युवा खेलाडीलाई अवसर प्रदान साथै नेपाली कला, संस्कृति, खाना, भेषभुषाको समेत प्रवर्धन गर्ने जनाए ।
गोर्खा कप हेर्न बेलायतभरबाट नेपाली ओइरिन्छन् । कतिपयले यसलाई डेटिङ स्पटका रुपमा समेत व्याख्या गर्ने गरेका छन् । स्थानीय रसमोर बरो काउन्सिलले उक्त इभेन्टलाई आफ्नो वार्षिक क्यालेन्डरमै राखेको छ । खाना तथा हस्तकलाका स्टल, एफए कप डिस्प्ले, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति कार्यक्रमका थप आकर्षण हुन् । ४२ हस्तकला र १० खानाको स्टल रहने आयोजकले जनाएका छन् । निशुल्क स्वास्थ शिविर समेत हुनेछ । टिकेटमा एक तोला सुनको पुरस्कार छ ।

कार्यक्रम संयोजक क्याप्टेन पिताम्बर गुरुङले खेलमा स्वास्थ्य तथा सुरक्षालाई विशेष प्राथमिकता दिइएको जानकारी दिए । स्थानीय प्रहरी, सुरक्षा गार्ड र स्वयंसेवक गरि करिब एकसय जनाले खेल स्थानलाई सुरक्षा दिने छन् ।
उक्त अवसरमा टिम र खाना स्टलको ‘ड्र’ गरिएको थियो । उपाध्यक्ष हितकाजी गुरुङले तमुधिं यूकेले गरेपनि गोर्खा कप बेलायतबासी सबै नेपालीको साझा कार्यक्रम रहेको भन्दै सफल पार्न आव्हान गरे ।
पत्रकार सम्मेलनमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ, रामचन्द्र (सुर्जे) गुरुङ र कमल गुरुङ, सहारा युके अध्यक्ष कुमार गुरुङसहित कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति थियो ।
तस्बिर- शिव भण्डारी
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’