
लन्डन । बेलायतको अल्डरसट निवासी प्रतिष्ठा राउत (तृस) मिस इंग्ल्याण्ड २०१९ को सेमिफाइनलमा प्रवेश गरेकी छन् । प्लोर प्लान आर्किटेक्ट २५ वर्षीया प्रतिष्ठा मिस इंग्ल्यान्ड फोटो हिट चरण पार गरेर साउथ वेष्ट सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।
प्रतिष्ठाले ‘फोटो हिट’ चरणमा मत दिएर जिताउने सबैप्रति आभार व्यक्त गरेकी छन् । उनले उपाधि जित्न अझै धेरै बांकी रहेकाले आफ्नो यात्रामा आर्थिक प्रायोजन गरि सहयोग गरिदिन अपिल पनि गरेकी छन् ।
मिस इंग्ल्याण्ड २०१९ मा उत्रने प्रतिष्ठा पहिलो नेपाली चेली हुन् ।
प्रतियोगताको फाइनल आगामी १६ जुन, २०१९ मा दि ग्राण्ड होटल ब्रिस्टोलमा हुने तय भएको छ । ‘मिस इंग्ल्यान्ड’ उपाधि जित्ने प्रतियोगीले २५ हजार पाउन्ड बराबरको पुरस्कारसहित होलीडे प्याकेज र मिस वल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएका छन् ।
प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । भूपू ब्रिटिस गोर्खा बाबुकी एक्ली छोरी उनले १७ वर्षमै मोडलिङ थालेकी थिइन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]