केन्ट । विश्व नेपाली साहित्य महासंघ साउथ शाखाले सदा झैं यसवर्ष पनि अर्थ आवरको अवसर पारेर ‘अर्थ आवर तथा साहित्य गोष्ठी’ आयोजना गरयो ।
गत ३० मार्च २०१९ का दिन आसफोर्ड, केन्टमा सम्पन्न सो कार्यक्रममा बिएफबिएस गोर्खा रेडियो सर्नक्लिफका स्टेशन प्रमुख योगराज राई, तुल छन्त्याल, औतारी साईला, अंग्रेजी साहित्यकार फेलिसीटी र मुरे होलवूड अतिथि थिए ।
संस्थाका अध्यक्ष तथा वातावरणविद विजय हितानले सहभागीलाई स्वागत गर्दै कार्यक्रम औपचारिक रुपमा शुरु गरेका थिए । उनले अर्थ आवरबारे प्रष्ट पार्दै आजको साँझ (मार्च ३०) १ घण्टा बिजुली बत्ती नबालेर इनर्जी खपत गरी वातावरणलाई केही समय भए पनि बचाउन सकौं भन्ने अभिब्यक्ति दिए ।
हितानले आउँदो साल सन् २०२० जुनमा ‘विश्व वातावरण दिवस’ को दिन पारेर नेपालमा वातावरण साहित्य गोष्ठी गर्ने योजना रहेको बताउंदै उक्त्त कार्यक्रमका लागि आर्थिक सहयोग जुटाउन बेलायतस्थित सहयोगी मनहरुबाट प्रतिब्यक्ति एक पाउण्ड र नेपालमा रहनेबाट रु १०० सहयोग आब्हान पनि गरे । उक्त सहयोग संकलन एकहजार जनाबाट प्राप्त भएपछि बन्द गरिने जनाइएको छ ।
कार्यक्रममा गायक गणेश पुनले भावेश भुमरीको नियात्रा ‘भिषाको रङ’ र साहित्यकार अमित थेबेले निवन्धकार बिजय हितानको ‘इको उत्सर्जन’ निवन्ध संग्रहको समीक्षा गरे ।
सो अवसरमा सेमन्त राई र सुरेन्द्र इङ्नामले बाँसुरीको मीठो धुन सुनाए भने अमित थेबे, लाहाङ चेम्जोङ, औतारी साईंला, अंग्रेजी साहित्यकारद्धय फेलिसीटी, मुरे होलवूड र विश्वासदीप तिगेलाले वातावरण कविताहरु वाचन गरे । थीर थापाले गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रम सभापति विजय हितानले वातावरण कविता वाचन गर्ने क्रममा सभाहल निशुल्क उपलब्ध गरिदिएकामा गोर्खा भान्सा घरका सञ्चालक सुष्मा लिम्बु गुरुङ र उपस्थित सबैमा धन्यवादसहित अर्को वर्ष पुन भेला हुने वाचा गर्दै कार्यक्रम समापन गरेका थिए ।
दिउसो २ बजे शुरु भई साँझ ५ बजे सकिएको उक्त कार्यक्रम संस्थाका सचिव थीर थापाले सञ्चालन गरेका थिए ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो