
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भारतीय विदेश सचिव विजय गोख्लेले भेटवार्ता गर्दै । तस्वीर – रोशन सापकोटा, रासस, काठमाडौँ
काठमाडौँ, १४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विजय गोख्लेले उहाँको सरकारी निवास बालुवाटारमा आज अपराह्न शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताउनुभयो ।
यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आजै सचिव गोख्लेले शिष्टाचार भेट गर्नुभयो । भेटमा पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा बिहीबार बसेको नेपाल भारत परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी परराष्ट्र सचिव शङकरदास बैरागी र उहाँका भारतीय समकक्षी विजय गोखले, नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानालगायत । तस्बिर-रासस
त्यसअघि नेपाल र भारतका परराष्ट्र सचिवको नेतृत्वमा द्विपक्षीय वार्ता भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारतको सहयोगमा नेपालमा जारी कृषि, सम्पर्क विस्तार, रेल तथा जलमार्ग र अन्य भौतिक पूर्वाधार परियोजनाको कार्यान्वयन स्थितिको समीक्षा भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो ।
बितेका एक वर्षमा भएका विकास–निर्माणका परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै देशका परराष्ट्रसचिवले समाधान हुन बाँकी विषयलाई शीघ्र निरुपण गर्न सहमति जनाएका छन् । द्विपक्षीय वार्तामा क्षेत्रीय चासोका विषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा परियोजना कार्यान्वयनमा दुई देशका परराष्ट्र सचिवले निकट सम्पर्कमा रहेर सहजीकरण गरिरहेका छन् ।
सचिव गोख्ले भोलि नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । उहाँको यो भ्रमण कूटनीतिक छलफल र संवादको नियमित पाटो हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार